Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सोफा हबको दशैँ अफर : भदौ १५ देखि असोज १५ सम्म सोफा किन्नेलाई उपहार

Sunday, September 4, 2022 Devil Singh Rajput

काठमाडौँ, १६ भदौ । सोफा हब काठमाडौँले सोफा किन्दा निम्न अफरहरु घोषणा गरेको छ । स्क्याच कुपनबाट १ं हजार देखि १० हजारसम्मको छुट अफर ल्याएको छ, यस अन्तर्गत चार जनालाई स्क्याच कुपनबाट चार सेट सोफा निशुल्क प्राप्त गर्न सकिने छ । साथै, लक्की ड्र मार्फत १० जनालाई पानी तताउने जग र ३२ ईन्चको एलईडी टिभी प्राप्त गर्न सकिने अफर समेत ल्याएको छ । यो अफर भदौ १५ देखि असोज १५ गतेसम्म सोफा किन्ने ग्राहक महानुभावहरुमा रहने प्रवन्ध निर्देशक तारालाल धरेलले बताए । कस्तो कम्पनी हो सोफा हव काठमाडौं ? ६ वर्षदेखि बर्ष सोफामा राज गरिरहेको सोफा हव काठमाडौं समस्त ग्राहक बर्गले गर्नु भएको भरोसा, सन्तोषजनक व्यवहारबाट प्रभावित भएर अघि बढ्ने प्रेरणा प्राप्त गरेको छ ।

काठमाडौंमा ३ ठाउँबाट क्रमशः वनस्थली, लैनचौर र चितवनको लंकुमा यसको सहायक शाखा निर्माण गरी दिनहुं सयौंको संख्यामा सोफा उत्पादन तथा बिक्री गरिरहेको छ । १५० जना भन्दा बढीले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोगारी  पाईरहेका छन् । युवा उद्यमशीलहरुद्धारा सञ्चालित यस कम्पनी तथा व्यवसायबाट उत्पादित सोफा तथा फर्निचर चाहिएमा छुटसहित लिने व्यवस्था गरेको छ ।

को हुन् धरेल ?

यस कम्पनीका प्रवन्ध निर्देशक तारालाल धरेल धादिङको साविक ज्यामरुङ ५ हाल निलकण्ठ नगरपालिका– १० मा पिता यदु प्रसाद धरेल र माता धन कुमारी धरेलको कोखबाट २०४३ साल साउन १ गते जन्मनुभएका धरेलको सामाजिक क्षेत्रमा व्याप्त गलत प्रवृत्तिका विरुद्ध संघर्ष एवम् सत्यको पक्षमा अडिग भई बोल्ने निडर र सरल स्वभाव छ । सामाजिक क्षेत्रमा सक्रिय हुँदै गर्दा राजनीतिक यात्रा सुरु गर्नुभएका धरेलले जिल्लाको कुमारी देवी माध्यमिक विद्यालय हुँदै पब्लिक युथ क्याम्पसबाट व्यवसाय व्यवस्थापनमा स्नातकसम्म अध्ययन गरेका छन् । सामान्य र सरल स्वभावका ३५ वर्षका जोशीला युवा धरेल विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएका निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता पनि हुन् । तारालाल धरेल पर्यटन व्यवसायी, प्रखर वक्ता, समाजसेवी, सहकारी अभियन्ता समेत हुन् । लामो समय पर्यटन प्रवद्धर्न, विकास, सामाजिक सेवा र आर्थिक समृद्धिको क्षेत्रमा काम गरेका सामान्य र सरल स्वभावका धरेल विभिन्न संघसंस्थामा आवद्ध छन् । निष्ठा, सामाजिक हित र सेवा भावमा केन्द्रीत धरेलले आफूू व्यवसायमै समर्पित हुने प्रतिबद्धता गरेका छन ।