Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

मिलाप तीज महोत्सव तथा सम्मान समारोह सम्पन्न

Friday, August 26, 2022 National Power

काठमाण्डौ- मिलाप तीज महोत्सव तथा सम्मान समारोह सम्पन्न भएको छ । काठमाडौंको रातोपुलमा एक विशेष समारोहबीच मिलाप तीज महोत्सव तथा सम्मान समारोह सम्पन्न भएको हो । ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा संवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको राइड पाटनरमा सहारा एप रहेको थियो ।

मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पहिलो महिला छायाँकार तथा नेपाल टेलिभिजनकी बोर्ड सदस्य सवनम मुखिया प्रमुख अतिथि हुनुहुन्थ्यो । कला, साहित्य र गीतसंगीत क्षेत्रका प्रबुद्ध महिलाहरूको आथित्यता रहेको कार्यक्रममा सञ्चारकर्मी भूमि पौडेललाई नगदसहित सम्मान गरिएको थियो । गीता अधिकारीकी माता यमकुमारीको नाममा राखिएको ‘यमकुमारी पुरस्कार’ले नगदसहित उहाँलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
यस्तै, सामारोहमा कलेजो दान गर्ने पहिलो महिला शान्ता पोख्रेल, साहित्यकार तथा अभियन्ता प्रतिमा राई, कल्पना थापा, अनु पराजुली, कोपिला चौधरी, मल्लिका कार्की, मञ्जु लावती थापा, अनु श्रेष्ठ, पुष्पा थपलिया, मञ्जु थापा, मुना अधिकारी, सुनिता भट्टराई, उर्मिला थपलिया लगायतलाई समाजमा उहाँहरूले पुर्‍याएको विशिष्ट योगदानको उच्च कदर गर्दै ‘मिलाप तीज सम्मान’ अर्पण गरिएको थियो । सञ्चारकर्मी दीप ज्योति थापाले सहजीकरण गरेको कार्यक्रममा गायिका तथा नायिका सारिका घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

विगत १३ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप मासिकले नेपाली नारीको महान् पर्व तीजलाई उत्सवका रूपमा मनाउँदै उहाँहरूले समाजमा पुर्‍याउनुभएको योगदानको कदरस्वरूप सम्मान गरेको कार्यक्रमकी सभापति अधिकारीले बताउनुभयो । उहाँले यस कार्यक्रममा सहयोग पुर्‍याउनु हुने सबैमा आभार व्यक्त गर्नुभएको थियो ।

अतिथिहरूले मिलापका कार्यको प्रशंसा गर्दै आउँदा दिनमा पनि यसले निरन्तरता पाओस् भन्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँहरूले पछिल्लो समय तीज भडकिलो बन्दै गएको र यसको मौलिकतालाई जागाइराख्नु पर्नेमा जोड दिनुभएको थियो । सो अवसरमा तीजको दर खानुका साथै दिदीबहिनीहरूले तीजका गीतमा छमछमी नाचेका थिए । तस्बिर स् सुरेन्द्र थापा भएको छ । काठमाडौंको रातोपुलमा एक विशेष समारोहबीच मिलाप तीज महोत्सव तथा सम्मान समारोह सम्पन्न भएको हो । ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा संवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको राइड पाटनरमा सहारा एप रहेको थियो ।

मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पहिलो महिला छायाँकार तथा नेपाल टेलिभिजनकी बोर्ड सदस्य सवनम मुखिया प्रमुख अतिथि हुनुहुन्थ्यो । कला, साहित्य र गीतसंगीत क्षेत्रका प्रबुद्ध महिलाहरूको आथित्यता रहेको कार्यक्रममा सञ्चारकर्मी भूमि पौडेललाई नगदसहित सम्मान गरिएको थियो । गीता अधिकारीकी माता यमकुमारीको नाममा राखिएको ‘यमकुमारी पुरस्कार’ले नगदसहित उहाँलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
यस्तै, सामारोहमा कलेजो दान गर्ने पहिलो महिला शान्ता पोख्रेल, साहित्यकार तथा अभियन्ता प्रतिमा राई, कल्पना थापा, अनु पराजुली, कोपिला चौधरी, मल्लिका कार्की, मञ्जु लावती थापा, अनु श्रेष्ठ, पुष्पा थपलिया, मञ्जु थापा, मुना अधिकारी, सुनिता भट्टराई, उर्मिला थपलिया लगायतलाई समाजमा उहाँहरूले पुर्‍याएको विशिष्ट योगदानको उच्च कदर गर्दै ‘मिलाप तीज सम्मान’ अर्पण गरिएको थियो । सञ्चारकर्मी दीप ज्योति थापाले सहजीकरण गरेको कार्यक्रममा गायिका तथा नायिका सारिका घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

विगत १३ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप मासिकले नेपाली नारीको महान् पर्व तीजलाई उत्सवका रूपमा मनाउँदै उहाँहरूले समाजमा पुर्‍याउनुभएको योगदानको कदरस्वरूप सम्मान गरेको कार्यक्रमकी सभापति अधिकारीले बताउनुभयो । उहाँले यस कार्यक्रममा सहयोग पुर्‍याउनु हुने सबैमा आभार व्यक्त गर्नुभएको थियो ।

अतिथिहरूले मिलापका कार्यको प्रशंसा गर्दै आउँदा दिनमा पनि यसले निरन्तरता पाओस् भन्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँहरूले पछिल्लो समय तीज भडकिलो बन्दै गएको र यसको मौलिकतालाई जागाइराख्नु पर्नेमा जोड दिनुभएको थियो । सो अवसरमा तीजको दर खानुका साथै दिदीबहिनीहरूले तीजका गीतमा छमछमी नाचेका थिए ।