Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

गणतन्त्र स्थापनासँगै प्रारम्भ भएको जनसवाल रास्ट्रीय दैनिकले गर्यो विभिन्न आरोह–अवरोहसँगै प्रकाशनको डेढ दशक पूरा

Monday, August 22, 2022 Devil Singh Rajput

काठमाडौं । जनसवाल राष्ट्रिय दैनिक १६ औं वर्षमा प्रवेश गरेको छ । नेपालमा गणतन्त्र स्थापनासँगै प्रारम्भ भएको जनसवाल रास्ट्रीय दैनिकले विभिन्न आरोह–अवरोहसँगै प्रकाशनको डेढ दशक पूरा गरेको हो । राजनीतिक, आर्थिक, सामाजिकसँगै गैरआवासीय नेपाली र वैदेशिक रोजगारका विषयलाई केन्द्रविन्दुमा राखेर जनसवाल रास्ट्रीय दैनिक प्रकाशन हुँदै आएको छ ।
सयमक्रमसँगै पाठकहरुका चाहना, अपेक्षा र आवश्यकताहरुलाई सम्बोधन गर्दै पत्रकारिताको माध्यमबाट निर्वाह गर्नुपर्ने दायित्वमा अग्रसर हुँदै आएको जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगाले बताउँछन् । ‘पाठकलाई जस्तोसुकै अवस्थामा पनि सूचना प्रवाह गर्ने हाम्रो दायित्वलाई हामीले हाम्रा लाखौं पाठक, विज्ञापनदाता, सहकर्मी, कर्मचारी तथा शुभचिन्तकसँग हातेमालो गर्दै अहिले पनि निरन्तररुपमा अगाडि बढिरहेका छौं । हाम्रो यो सुनौलो यात्राको साक्षीको रुपमा हामीलाई सदैव साथ दिनुहुने सम्पूर्ण नेपाली तथा गैर आवासीय नेपालीमा सोह्रौं वार्षिकोत्सवको यो खुशीको क्षणलाई बाँडदै हाम्रो यात्रा थप प्रभावकारी, पूर्ण र निरन्तरता बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं । हाम्रो यात्रामा सधैंझैं भविष्यमा पनि यहाँहरुको साथ, सहयोग र सहकार्यको अपेक्षा राख्दछौं’, बगालेले बताए ।

जनसवाल पब्लिकेसनबाट जनसवाल दैनिकसँगै जनदबाब साप्ताहिक, अर्थ–रोजगार टेलिभिजन कार्यक्रम तथा जनसवाल डटकम सञ्चालन हुँदै आएका छन । यसैक्रममा वार्षिकोत्सवकै अवसर पारेर केही समयमै जनसवाल टेलिभिजन सञ्चाल गर्ने पब्लिकेशनका अध्यक्ष रामजी बगालेले जानकारी दिए ।

सोर्हौ बार्षिकोत्सवका अवसरमा आज जनसवाल रास्ट्रीय दैनिकको केन्द्रिय कार्यालय दरवारमार्गमा केक काटि  बार्षिकोत्सव कार्यक्रम मनाईयो । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एबं बरिस्ठ पत्रकार महेश्वर दाहाल,गैर आवासीय नेपाली संघ एनआरएनएका आईसिसि उपाध्यक्ष धर्मराज अधिकारी,रोविन्द प्रसाद श्रेस्ठ(गोबिन्द),समावेसी मासिकका संपादक एबं बरिस्ठ पत्रकार खिला बहादुर भण्डारी,नेपाल पत्रकार महासंघका लेखा समिती संयोजक लेखनाथ न्यौपाने,केन्द्रिय सदस्य ज्ञान प्रसाद पौडेल,गैर आवासीय नेपाली संघ एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना,प्रेस सेन्टर नेपाल केन्द्रिय समितिका महासचिव सन्तोष पौडेल,नेपाल पत्रकार महासंघ काठमाण्डुका अध्यक्ष सुर्य सुवेदी,नेपाल पत्रकार महासंघ ललितपुरका सचिव रामहरी कार्की,बैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष ऊद्दव भट्टराईलगाएत विभिन्न संचारमाध्यमका पत्रकार,विभिन्न देशबाट आएका गैर आवासीय नेपालीहरु,बिभिन्न ब्यावसायिक घरानाका प्रतिनिधिहरु,जनसवाल रास्ट्रीय दैनिकका पत्रकारहरु र कर्मचारीहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा उपस्थित सबैले जनसवाल रास्ट्रीय दैनिकको बार्षिकोत्सवका अवसरमा शुभकामना ब्यक्त गरेका थिए । उनिहरूले प्रिण्ट मिडियाका समस्याका बारेमा जानकारी गराउदै जनसवाल रास्ट्रीय दैनिकले अझै बर्षौ बार्षिकोत्सव मनाईरहन सफल होस भन्दै शुभकामना ब्यक्त गरे ।