Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गायिका शोभा क्षेत्री को तिज गीत नाँचिदेउ पातली सार्वजनिक ( भिडियो सहित )

Thursday, August 11, 2022 National Power

काठमाडौं – छोटो समयमै थुप्रै नेपाली आधुनिक, लोक तथा पर्व विषेश गीतहरु गायर नेपाली सांगितीक बजारमा उदाएकि गायिका शोभा क्षेत्रीले दर्जनौ गीतहरुमा आफ्नो सुमधुर आवाज भर्न सफल भईसकेछि छिन् । आफ्नो छुट्टै बुटिक व्यवसाय संचालन गर्दै व्यवसायको क्षेत्रमा पनि उत्तिकै स्थापित शोभाले व्यवसायका अलावा गीत संगीतलाई पनि समय दिन भ्याएकि छिन् । चाडपर्व, मेला महोत्वसमा गाईने रमाईला लोक, आधुनिक गीतहरुका अलावा उनी असारे भाकाहरुमा पनि आफ्नो सुमधुर आवाजले स्रोतहरुलाई मन्त्रमुग्ध पार्दै आएकि छिन् ।

चाँडपर्वका गीतहरु गाउन साह्रै मन पराउने शोभाले यस पटक पनि तिजको कोसेली नाँचिदेउ पातली लिएर बजारमा आएकि छिन् । पछिल्लो समयमा तिजको नाममा विकिृतिहरु भित्रीदै गएको अवस्था रहेको छ । तिजको नाममा गीत संगीत बजारमा पनि भल्गर तथा भड्किला शब्दहरुले महान पर्वको महत्व हराउदै जाने चिन्ता बढ्दै गएका वेला टिपिकल तिजका भाकाहरुलाइ समेटेर दर्शक तथा स्रोता माझ ल्याएको नाँचिदेउ पातली गीत निकै नै लोकप्रिय बन्दै गएको छ । गायिका सोभा क्षेत्रीको साथमा गायक कमल वि.सी ले स्वर दिएका छन् ।

सुमधुर आवाजकि धनी गायिका  सोभाले यस अघि पनि हातै भरि रंग रंगका चुरा, जान्छु माईत लगायतका थुप्रै तिजका गीतहरु बजारमा ल्याई सकेकि छिन् भने हालै बजारमा आएको तिज गीत नाँचिदेउ पातलीलाई शोभा क्षेत्रीकै युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । सुमित्रा कोईरालाको शब्द,संगीत रहेको उक्त गीतको भिडियोमा विजय पुन, दिक्षा जि.सी र संगीता जि.सी लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियोलाई राम केसीले छायाँकन तथा बिनोद बमले सम्पादन गरेका छन्। भिडियोको निर्देशन बम र अनिल राईले गरेका हुन्।