Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

श्रीमान भारतबाट फर्केको रात पत्नी र दुई नाबालकको शंकास्पद मृत्यु

Thursday, August 11, 2022 National Power

बझाङ – बझाङको बुङ्गदल गाउँपालिका–९ स्थित रारुमा बुधवार बिहान एकै परिवारका ३ जना मृत भेटिए । २२ वर्षीया दीपा पार्की उनका ५ वर्षकी छोरी भूमिका र ३ वर्षका छोरा मोहित घर नजिकै बेडुलोको रुपमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

दीपाका पत्नी पुष्कर पार्की मंगलबार राति भारतको उत्तराखण्डबाट घर आइपुगे । घटनास्थलमा पुगेका प्रहरी इन्स्पेक्टर जनक ढुंगानाका अनुसार पुष्कर राति सवा १ बजेतिर घरमा आइपुगेका हुन् । रातिसँगै खाना खाएर उनीहरु सुतेका थिए । तर, बिहान उठ्दा दुई नाबालक छोरा छोरी र पत्नी झुण्डिएको थिए ।

गाउँलेले घर नजिकै रुखमा पत्नी र दुई नाबालक झुण्डिएको खबर गरेपछि आफुले थाहा पाएको पुष्करले प्रहरीलाई बताएका छन् । उनि राति सवा १२ बजेतिर घरमा आइपुगेका थिए । ‘थाकेर आएको थिएँ, खाना खाएर सुतेँ’ पुष्करले प्रहरीसँग भनेका छन्–‘बिहान गाउँलेले हल्ला गरेपछि हेर्न जाँदा श्रीमती र मेरा दुई छोराछोरी झुण्डिएको देखेँ ।’

दीपा पार्की नाम्लोमा र दुई नाबालक चुन्नीमा पासो लागेर झुण्डिएको अवस्थामा शव भेटिएको छ । प्रहरीले शव जाँच मुचुल्का गरेर जिल्ला सदरमुकामतर्फ ल्याउँदै छ । घटनास्थलमा पुगेर पारिवारिक अवस्था र विगतको अवस्थाबारे सोधपुछ गरिएको र थप अनुसन्धान भइरहेको इन्सपेक्टर ढुंगानाले बताए ।