Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सुनिलको नेतृत्वमा रोट्र्याक क्लव त्रिपुरेश्वरले मनायो १९ औं स्थापना दिवश

Friday, August 5, 2022 National Power

काठमाण्डौ – रोट्र्याक क्लव त्रिपुरेश्वरले आफ्नो स्थापना दिवको १९ औं बार्षिकोत्सव भव्यरुपमा सम्पन्न गरेको छ । युवापीडिहरुले पनि समाजसेवामा सक्रियतापुर्वक काम गर्नु पर्दछ एवं काम गर्न सक्दछन् भन्ने उदेश्यका साथ युवा उत्प्रेरणको लागि विश्वव्यापि रुपमा युवा लक्षित क्लवका रुपमा स्थापना भएको सस्था हो रोट्र्याक क्लव । यो रोटरी क्लवको शुभेच्छुक संस्था पनि हो ।

गत जुलाई ३० मा काठमाण्डौ स्थित एपेक्स कलेजमा रोट्र्याक क्लव त्रिपुरेश्वरले आफ्नो स्थापनाको १९ औं वार्षिेकोत्सव मनाएको हो । उक्त समारोहमा क्लवका अध्यक्ष सुनिल राजवंशीले सामाजिक कार्यहरुमा रोट्र्याक क्लवमार्फत युवाहरुले उल्लेखनिय कार्य गरेको समेत बताए । यसै वर्षबाट रोट्र्याक क्लवमा फस्ट लेडीको पनि अवधारण बनेको थियो । सोही बमोजिम पहिलो पटक रोट्र्याक क्लव त्रिपुरेश्वर मार्फत फस्ट लेडीको रुपमा आश्मा श्रेष्ठ रहेकी छिन् ।

त्यसै गरि संस्थामा आईपिपि आर्जु गैरे, उपाध्यक्ष सौरभ सिंह, सचिव बुद्ध खरेल, सह–सचिव सन्तोष साह, क्लवका अन्य पदाधिकारीहरुमा रक्षा पाण्डे, प्रजेश शागर, सम्राट उपाध्याय, प्रशान्त गैरे, सरद आचार्य, सौरभ कुवर, दृष्टि भट्टराई , श्रष्टि खड्का लगायतका पदाधिकारीहरु रहेका छन् ।