Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

तिम्रो मायाले न हो भन्दै आए यसराज र सरिता

Tuesday, August 2, 2022 National Power

काठमाडौं-कर्णाली प्रदेशको आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्य सहित नयाँ आधुनिक गीत तिम्रो मायाले न हो।।।को भिडियो ओएसआर डिजिटलबाट आज रिलिज गरिएको छ । गायक प्रताप दाश र गायिका सरिता भारतीको स्वरमा रहेको यो गीतको छायाँकन मुगुको रारा, आछाम र जुम्लाका विभिन्न स्थानमा गरिएको छ । छायाँकार दिब्यराज सुवेदीले कर्णालीको सुन्दरतालाई निकै आकर्षकसँग भिडियोमा उतारेका छन् । तिम्रो मायाले न हो गीतले सुन्दर भिडियोले अझ आकर्षक बनाएको छ ।
देवल भण्डारीले लेखेको यो गीतलाई एलिश कार्कीले संगीत गरेका हुन् । चलचित्रका लागि भनिएको यो गीतलाई बिलक्षण क्रियसनले बजारमा ल्याएको हो । गीतमा संगीत संयोजन शैलेन्द्र एम श्रेष्ठ ९बाबु०ले गरेका हुन् । जसमा जुगल डंगोलको मिक्सिङ र मास्टरिङ रहेको छ ।
यो गीतको भिडियोमा अभिनेता यसराज गराच र गायिका सरिता भारतीले अभिनय गरेका छन् । उनीहरुको अभिनय निकै आकर्षक छ । काठमाडौंबाट चार दिनको यात्रा पछि सो स्थान पुगेर भिडियोको छायाँकन गरिएको हो । कर्णाली प्रदेश प्राकृतिक रुपमा अत्यन्त सुन्दर रहेकाले त्यहाँको पर्यटन प्रवर्धन गर्न यो भिडियोको छायाँकन मुगु, अक्षाम र जुम्लामा गरिएको भिडियोका निर्देशक डब्बु क्षत्रीले बताए ।
यो भिडियोमा सुवास बुढाथोकीको नृत्य निर्देशन रहेको छ । दिलमाया मगर (एमकेएम फेसन हाउस) र चिटिक्क द फेसन स्टोरको फेसन रहेको यो भिडियो फिल्मी शैलीको बनेको छ । जसमा बीरेन्द्र भाट विपिनको सम्पादन रहेको छ ।