Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

ई. भट्टराई राष्ट्रिय युवा व्यवसायी सम्मान–२०७९ द्वारा विभुषित

Monday, August 1, 2022 Devil Singh Rajput

काठमाडौ। विगत १ दशकदेखि अत्यन्त निष्ठा र समर्पणका साथ निर्माण व्यवसायमा आबद्ध एक्टिभ विल्डर्स प्रा.लि.का प्रबन्ध निर्देशक ई. सन्तोष भट्टराई राष्ट्रिय युवा व्यवसायी सम्मान–२०७९ द्वारा विभुषित भएका छन् ।

आइतबार निगरानी दैनिक मिडियाको प्रथम बार्षिकोत्सबको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा भट्टराईलाई सम्मान गर्नुभएको हो ।

सम्मानित भएपछि भट्टराईले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा मिडियाको प्रबन्ध निर्देशक जीवन शर्मालाई धन्यबाद दिदै औधोगिक क्षेत्रको विकास र सामाजिक सेवाको क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।