Saturday 28th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

‘स्टुडेन्ट’ मार्फत राजेश महर्जन निर्मताका रुपमा डेब्यु गर्दै

Saturday, July 30, 2022 National Power

काठमाडौं- लगभग दुई वर्ष जतिको लकडाउनको मारमा परेका नेपाली चलचित्रहरु अहिले धमाधम छायांकन हुने क्रममा छ भने कोही चलचित्र रिलिज त कोही सार्वजनिक हुने क्रममा छन ।

यसै बीच लकडाउन अघि नै घोषणा गरिएको चलचित्र ‘स्टुडेन्ट’ भने लकडाउन सकिए पश्चात धमाधम छायांकन क्रममा रहेको छ ।

लामो समयदेखि नेपाली चलचित्र प्राविधिकको रुपमा कार्यरत र हाल सेन्सर बोर्डका सदस्य समेत रहेका राजेश महर्जन भने यसै चलचित्र मार्फत निर्माताको रुपमा डेब्यु गर्दैछन । चलचित्रको निर्देशन भने निर्देशक रामकृष्ण बजगाईंले गरिरहेका छन ।

दुई दशक अघि निकै नै चर्चामा रहेको ‘बाँंझो खेतमा छड्के सलाम’ बोल रहेको गीत छायांकन गर्दै चलचित्रको सुरुवात गरिएको थियो ।

अहिलेसम्म आधी भन्दा बढी छांयाकनको काम सकिएको र छिट्टै नै चलचित्रको सम्पूर्ण कामा सकेर सार्वजनिक मिति पनि घोषणा गरिने निर्माता महर्जनले बताउनु भयो ।

चर्चित गीत ‘बाँंझो खेतमा छड्के सलाम’लाई भने रिमेक गरेर फिल्ममा आवद्ध गरिएको छ जसमा शम्भुजित बास्कोटाकै संगीत, प्रेम राजा महत र कोमल वलीकै स्वर रहेको छ । चलचित्रमा बास्कोटासंगै हरिश माथेमाको संगीत, वरिष्ठ नृत्य निर्देशक कमल राईको नृत्य निर्देशन, मदन घिमिरे कश्यपको छांयाकन र बनीस शाहको सम्पादन रहने छ ।

बिद्यार्थी जीवनमा के-कस्ता घटनाहरु घटछन, के-कस्तो परिस्थितिको सामना गर्नुपर्छ र उसका अभिभावक र कलेज क्याम्पस र शिक्षकहरुको व्यवहारले एउटा विद्यार्थी जीवनमा कस्तो घटनाहरु घटन सक्छ भन्ने सम्भावित घटना र बिद्यार्थीहरुको जीवनका उतारचढावलाई चलचित्रमा चित्रण गरिएको छ ।

राज सिने आर्ट्सको ब्यानरमा निर्माण भईरहेको यस् चलचित्रमा जान राना, शहन महत, रोहन श्रेष्ठ, प्राप्ती थापा, सोफी कार्की, रुक्साना श्रेष्ठ, अर्सु महर्जन, सिम्रन शाक्य लगायत छन भने वरिष्ठ अभिनेता निर शाह, वरिष्ठ अभिनेता रविन्द्र खड्का, वरिष्ठ अभिनेता धिरेन शाक्य, रामेश्वर बुर्लाकोटी, गीता अधिकारी, बिन्दा खतिवडा, सिरु विष्ट, कोपिला थापा लगायतको मुख्य भुमिका रहनेछ ।

चलचित्रमा प्राय सबै नयाँ कलाकार भएपनि उहांहरुको मिहिनेत र सबैको काम प्रति आशाबादी रहेको कुरा निर्देशक रामकृष्ण बजगाइँले बताउनु भयो ।