Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर उठाउन सुरु गर्ने

Thursday, July 28, 2022 National Power

काठमाडौं – काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने जनाएको छ । महानगरपालिकाले सूचना जारी गरेर आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने जानकारी दिएको हो ।

फाहोर विसर्जनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक हप्तासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो । त्यतिन्जेलसम्म कुहिने र नकुहिने फोहोर छुट्टाएर घरमै राख्न महानगरपालिकाले अनुरोध गरेको थियो ।

महानगरपालिकाले बुधबार जारी गरेको सूचनामा लेखिए अनुसार बञ्चरेडाँडासम्म पुग्ने सडक निर्माणको काम सकिएको छ । त्यसैले आजदेखि फोहर उठाउन सुरु गरिने छ । एक हप्तासम्म फोहोर संकलन नहुँदा काठमाडौंका चोक र सडकहरुमा फोहोर थुप्रिएको छ । ती फोहोरले दुर्गन्ध फैलिएको छ । वषर पनि भइरहेकाले फोहोरबाट लिचेट बगेकाले त्यसले विभिन्न रोगको संक्रमणको पनि जोखिम बढाएको छ।