Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

नेपाल महिला चेम्बरद्वारा संचालित बेकरी तालिम सम्पन्न, २०२२ अवधिमा थुप्रै तालिम गरिने

Sunday, July 24, 2022 Devil Singh Rajput

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरद्वारा सिल्भर माउण्टेन कलेजमा संचालित १० दिने बेकरी तालिम सम्पन्न भएको छ । यसै माझ तालिम सफलतापूर्वक सम्पन्न भएको खुशीयालीमा नेपाल महिला चेम्बरले शुक्रबार समापन कार्यक्रमको आयोजना गरि तालिमका सहभागी प्रशिक्षार्थीहरुको बिधाई समेत गर्‍यो । तालिम समापन कार्यक्रम माझ तालिमका सहभागीहरुलाई नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम् नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्सकी कार्य समिति सदस्य एवम् महिला चेम्बरकी महासचिव लिमा अधिकारीले प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा तालिममा कुल १७ जनाले भाग लिएको र तालिम अवधिमा ४० परिकार बनाउन सिकाइएको जानकारी समेत गराईयो ।

सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महिला चेम्बरकी अध्यक्ष श्रेष्ठ र महासचिव अधिकारीले महिला सशक्तिकरणका लागि शिप विकास अभियान अन्तर्गत बेकरी तालिमका अलवा पनि फोटोग्राफी, बारिष्ता, कुलिनरी आर्टस, आईटी, हाउस किपिङ, फ्रन्ट डेष्क, रिसाईकिल युज, क्याण्डल मेकिङ्, फ्याब्रिक पेन्टिङ्, त्यस्तै प्लम्बिङ तथा मोटरसाईकल रिपेयर, वर्कशप ट्रेनिङ आदी तालिम कार्यक्रम २०२२ अवधि भरि नै संचालन गरिने बताउनु भयो । जिल्ला चेम्बरहरूमा शिप विकास तालिमलाई बिस्तार गरि जिल्ला ,नगर एवम् गाउँ तहहरुमा पनि कार्यक्रम संचालन गरि धेरै भन्दा धेरै युवा तथा महिलाहरूलाई रोजगार बनाउने लक्ष्य चेम्बरले लिएको जानकारी समेत गराईयो।