Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

शहीद जातीय विषय होइन राष्ट्रिय आन्दोलनको विषय हो : एमाले अध्यक्ष ओली

Saturday, July 23, 2022 National Power

काठमाडौं -नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शहीदलाई जातीयकरण गर्न नहुने बताएका छन् । पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जातका आधारमा नभई जो पहिले मारियो उसैलाई पहिलो शहीद मान्नु पर्ने बताएका हुन् ।

‘म इतिहासकारलाई अनुरोध गर्दछु । शहीद जातीय विषय होइन राष्ट्रिय आन्दोलनको विषय हो । जातीय शहीद नबनाउनू । जातको होइन राष्ट्रको सहिद हुन्छ’ उनले भने, ‘जो पहिलो मारियो उही पहिलो शहीद हो ।परिवर्तनका लागि बलिदान गर्दा जुनसुकै पार्टीमा भए पनि त्यसपछि राष्ट्रिय शहीद हुने उनको भनाइ छ ।

साथै अध्यक्ष ओलीले पुष्पलालले नेपाललाई तानाशाहबाट मुक्त बनाएको बताउँदै राजनीतिक चेतनासँगै अन्धविश्वास हटाएको दाबी गरे । पुष्पलाले किंवदन्तीबाट नेपालको वास्तविक देखाएको उल्लेख गर्दै ओलीले अहिले पनि इतिहासलाई कंवदन्तीबाट यथार्थमा ल्याउनु पर्ने बताए । अहिले पनि राजाका वटावटी कथाहरू सुनिने गरेको भन्दै उनले वास्तविकतामा इतिहासलाई फर्काउनु पर्ने बताए ।