Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गीतकार नारायण रेग्मीको शब्दमा कोरिएको ‘आइफोन हरायो’ सार्वजनिक

Friday, July 22, 2022 Devil Singh Rajput

काठमाडौं । गीतकार नारायण रेग्मीको शब्द रचना रहेको तीज गीत ‘आइफोन हरायो’ सार्वजनिक भएको छ । गत बुधवार मात्रै गीत सार्वजनिक गरिएको गीतकार रेग्मीले जानकारी दिनुभएको हो । ‘आइफोन हरायो’ मा संगीतकार लक्ष्मण पोखरेलको संगीत र चर्चित गायीका एलिना चौहानको स्वर रहेको छ । रेग्मीको शब्द रचनालाई अर्जुन नेपालीको एरेन्ज रहेको छ भने मनोज डङ्गोलले मिक्सिङ गरेका छन् । सो गीतको रेकर्डडिस्टमा जिवन बडू छन् ।

‘आइफोन हरायो’ गीतको म्युजिक भिडियोमा बिना राउत मूख्य भूमिकामा छिन् भने गीतकार नारायण रेग्मी र कुम्भ बहादुर कुँवर समेतले अभिनय गरेका छन्। भिडियो प्रकाश कडेलले निर्देशन गरेका हुन् ।

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धका अध्यक्ष समेत रहेका सफल युवा उद्यमी नारायण रेग्मी साहित्य साधनामा समेत तल्लिन रहदै आएका छन् । जसको साहित्यिक नाउँ शुन्य मानव रहेको छ । गीत र कविता कोर्नमा उनको बिशेष रुची रहने गरेको छ । ‘आइफोन हरायो’ ले छमछमी नचाउने गीतकारको दाबी छ । https://youtu.be/-esBhpA1uEs