Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सत्यमोहन जोशीको ‘अन्तिम इच्छा’तयार हुँदैछ 

Wednesday, July 20, 2022 National Power

काठमाडौं-शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम इच्छाको रूपमा रहेको चक्रसंवर को पौभाः चित्र बनाउन अहिले ६ जना चित्रकार दैनिक ७ घण्टासम्म लागिपरेका छन् ।

 चित्रकारहरूले लोक चित्रकारको नेतृत्वमा जोशीकै घरमा रहेको लोक साहित्य परिषद्को भवनमा उक्त चित्र बनाइरहेका छन् । उनीहरूले यो चित्र बनाउन सुरु गरेको करिब ५ महिना भइसक्यो । ६ महिना भित्र सक्ने भनिएको भए पनि काम सकिन अझै केही महिना लाग्ने यसमा संलग्न चित्रकारहरूले रातोपाटीलाई बताए ।

चित्रलाई अभ्यन्तर र बाहियन्तर दुई हिसाबले हेर्न सकिने यो चित्र बनाइरहेका चित्रकारहरूको दाबी छ । ‘बाहियन्तर भन्नाले मानिसको आँखाले देख्न सकिने कुरा हुन्। जस्तो– भगवान्‍मा कस्तो रङ्ग प्रयोग भएका छन्, के सामग्री बोकेका छन्, कस्ता बुट्टा कुँदेका छन्, प्रतीक के छ आदि। तर चित्रले बोक्ने कतिपय अर्थ शब्दले व्यक्त गर्न सकिन्न,’ चित्र बनाउन संलग्न रबिन महर्जनले रातोपाटीलाई भने ।

चक्रसंवर बौद्ध धर्म मान्नेहरूले तन्त्र विद्या अभ्यास गर्दा चाहिने चित्र हो। यसमा बज्रबाराही र सम्भरको संयोजन भएपछि एउटा चक्र पूरा हुन्छ जसलाई चक्रसंवर भनिन्छ ।