Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

एमाले उपाध्यक्ष पौडेलले भने : यमबुद्धको सालिक बनाउने निर्णय स्वागतयोग्य

Thursday, July 14, 2022 National Power

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले र्‍याप गायक यमबुद्धको सालिक बनाउने काठमाडौं महानगरपालिकाको निर्णयको स्वागत गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र आ(आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो,’ पौडेले ट्वीट गरेका छन्, ‘तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यमबुद्धको प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’

महानगरपालिकाले यमवुद्धको सालिक बनाउन बजेट छुट्याएको समाचार सार्वजनिक भए लगत्तै आलोचना भएको थियो । त्यसपछि मेयर बालेन साहले सालिक आफ्नै पारिश्रमिबाट बनाउने घोषणा गरेका थिए ।