Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

आमाको पुन्य तिथिमा मानव सेवा घरमा सहयोग

Sunday, July 10, 2022 National Power

 

काभ्रेपलान्चोक – युवा नेता, समाजसेवी तथा पत्रकार रोहित दंगालले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न र नगद हस्तान्तरण गरेर आफ्नो आमाको पुन्य तिथि मनाएका छन् ।

स्व. आमा गोमा दंगालको पुन्य तिथिको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर) को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसंगै खाद्यान्न र नगद पाँच हजार सहयोग गरेका हुन् ।

धेरै सहयोग गर्न नसकेपनि जे जती सकियो तेति सहयोग गर्दा समाजका अरुले पनि देखेर यसैगरी सामाजिक कार्यमा लाग्न सक्ने भन्दै आफुले प्रत्येक पुन्य तिथि, जन्मोत्सव र एनिभर्सरीयसरी नै सामाजिक कार्य गरी मनाउने बताए ।

आफुलाई जन्मदिने आमा नभएपनि सेवा घरमा रहेका बृद्धबृद्धालाई भेट्दा आमाको न्यास्रो मेटिनुका साथै मातृ प्रेमको आभास मिल्ने गरेको उनको भनाइ थियो । असहायको साथ र बृद्धबृद्धालाई सम्मान गर्दा उनिहरुको मार्गदर्शनले जीवनलाई सहि निर्देश गर्ने भएकाले मन्दिर गएर पूजा गर्नु भन्दा आश्रममा रहेकाहरुलाई सहयोग गर्दा बढी धर्म र कर्तव्य निर्वाह हुने हुदाँ आफुले सकेको सहयोग जारी राख्ने दंगालले बताए ।

उहाँले सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठलाई नगद पाँच हजार सहित चामल, आटा, दाल, तेल, नुन, जिरा मसला, गेडागुडी, मस्यौरा, जेरि , बिस्कुटसहित खाद्यान्न हस्तान्तरण गर्नुभएको हो । सामग्री बुझ्दै सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठले यस्ता सहयोगी कै कारण सेवा घर असाहयको साहारा बन्न सकेको बताए ।

सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य पिडितहरुको सेवाको लागि ५ वर्षअधि मानव कल्याण समाजको शाखा कार्यालय घुलिखेलमा खुलेको थियो । जहाँ सडक तथा सार्वजनिक स्थलमा कष्टकर जिवन बिताउन बाध्य भएकालाई उद्धार गरी व्यवस्थापन गर्ने गरिएको मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईले बताइन् ।