Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

गायिकाद्वय लक्ष्मी पुरी प्रधान र अस्मिता श्रेष्ठको छम्म छम्म सार्वजनिक (भिडियो सहित)

Sunday, July 10, 2022 National Power

काठमाण्डौ – हरितालिका  तीजलाई लक्षित गरेर गायिकाद्वय लक्ष्मी पुरी प्रधान र अस्मिता श्रेष्ठले नयाँ गीत बजारमा ल्याएका छन् । ‘छम्म छम्म’ बोलको गीतमा लक्ष्मी र अस्मिताले स्वर भरेका छन् । बरिष्ठ सञ्चारकर्मी भरत बमजनको शब्द रहेको गीतमा संगीत समेत गायिका लक्ष्मीको नै रहेको छ ।
सुर संगीत स्टुडियोमा रेकर्ड गरिएको गीतलाई राजिब शाहले एरेन्ज तथा मिक्सिङ गरेका हुन् । गीतको भिडियोमा सुजता पाण्डे र आयुषा क्षेत्रीको नृत्य तथा अभिनय रहेको छ । मरुभुमी नारायणले छायांकन गरेको भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन् । त्यस्तै राजकुमार मगरले भिडियो सम्पादन गरेका हुन् ।

रोयल मुभीज प्रा.लि र दर्शित म्यूजिक एण्ड मिडिया प्रा.लिले पोष्ट प्रोडक्सन गरेको हो । भिडियोलाई गायिका लक्ष्मी पुरीको युट्युब च्यानलबाट सार्वजनि गरिएको हो ।