Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

चक्रपथबाट बानेश्वरको गाडी भाडा कति हो  सरकार ? : सांसदको प्रश्न

Thursday, July 7, 2022 National Power

काठमाडौं – राष्ट्रिय सभा सदस्य जयन्ती देवी राईले सार्वजनिक यातायातले मनपरी भाडा लिएर आफूलगायत सर्वसाधारण ठगिए पनि नियमन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद राईले आफू दैनिक नेपाल यातायात चढेर संसद आउने जाने गरेको भन्दै त्यसरी यात्रा गर्दा मनपरी भाडा असुल्ने गरेको गुनासो गरिन् ।

उनले पेट्रोलियम पदार्थको मुल्य बढ्दा गाडी भाडा बढ्नु स्वभाविक भएपनि भाडा मनपरी लिने गरेको बताइन् । ‘यहाँ त मनपरी भाडा लिने गरिएको छ । म आफैले भोगेको कुरा भन्छु । म नेपाल यातायात चढेर आउँछु, चक्रपथबाट यहाँ बानेश्वर आउँदा कुनै गाडीले ३० रुपैयाँ लिएको छ, कुनैले २५ रुपैयाँ लिएको छ’, राईको गुनासो छ ।  गाडी भाडा २३ रुपैयाँ हुँदा पनि अनिवार्य २५ तिर्नुपरेको सांसद राईको गुनासो छ ।  ‘चेन्ज छैन भनेर २५ रुपैयाँ अनिवार्य तिराउने । मैले नै एक दिनमा ६ रुपैयाँ बढी तिर्छु भने दैनिक हजारौ यात्रुबाट कति रुपैयाँ असुल हुदैछ ?’, सांसद राईको प्रश्न छ ।

उनले लुट र झुटको खेती कहिलेसम्म फस्टाउन दिने भन्दै यातायात क्षेत्रलाई व्यवस्थित गर्न राष्ट्रिय सभाका अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराइन् । त्यस्तै उनले मूल्यबृद्धि आकासिएको र खाद्य बस्तुको गुणस्तर कसले मापन गरेको छ ? भन्दै प्रश्न गरिन् ।