Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

गठबन्धन सरकारमा कुर्सीको समस्या सामान्य हो : प्रधानमन्त्री देउवा

Tuesday, July 5, 2022 National Power

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका छन् ।स्व.नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन दलहरुबीच देखिने राजनीतिक समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका हुन् । नेपाल ट्रेड युनियन कांग्रेसले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाभन्दा अगाडि बोलेका कांग्रेस उपाध्यक्ष धनराज गुरुङले गठबन्धन सरकारमा समस्या आएको भन्दै आगामी चुनावसम्म पनि गठबन्धन कायम राख्नुपर्ने बताएका थिए ।

गुरुङको सोही भनाइमा कांग्रेस सभापति देउवाले भने, ‘धनराजजीहरुले पनि भन्नुभयो, गठबन्धनमा समस्या आयो । एउटै पार्टीमा त समस्या हुन्छ भने कुर्सीमा त समस्या हुन्छ नै यसलाई सामान्य रुपमा लिनुपर्छ । तपाईंहरु प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ ।’ एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै देउवाले गठबन्धन सरकारमा समस्या हुनु सामान्य भएको बताए ।

तत्कालीन कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले दलहरुबीच सहकार्य र सहमति गरेर अघि बढ्नुपर्ने कुरा बारम्बार भन्ने गरेको स्मरण गर्दै देउवाले सहमति र सहकार्यको कुरा अहिले पनि सान्दर्भिक रहेको बताए ।मोरङको विराटनगरमा रहेको भवनलाई स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउने कुरा स्वागतयोग्य रहेको भन्दै प्रधानमन्त्री देउवाले त्यो काममा सरकारले सहयोग गर्ने वचन पनि दिए ।

प्रधानमन्त्री देउवाले भने, ‘मोरङ, विराटनगरमा एउटा उहाँको ९गिरिजाप्रसाद कोइरालाको० भवन छ त्यसलाई उहाँकै नाममा बनाउने कुरा छ । यो राम्रो हो, खुशीको कुरा हो । नेपालमा उहाँले आन्दोलन गरेको ठाउँमा भवन छ भने बनाउनु के आपत्तिको कुरा भयो र रु हामी यसमा सहयोग र पहल गर्ने नै छौं ।’ प्रधानमन्त्री देउवाले नेपाल ट्रेड युनियन कांग्रेसको कार्यालयमा ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष स्व। नेता गिरिजाप्रसाद कोइरालाको अर्धकदको शालिक अनावरण गरेका थिए ।