Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

नवनियुक्त स्वास्थ्य मन्त्री खापुङद्वारा पदभार ग्रहण

Monday, June 27, 2022 National Power

काठमाडौं  – नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले पदभार ग्रहण गरेका छन् । सोमबार रामशाह पथस्थित स्वास्थ्य मन्त्रालयमा मन्त्री खापुङले पदभार ग्रहण गरेका हुन् । यसअघि स्वास्थ्यराज्य मन्त्री रहिसकेका नवनियुक्त मन्त्री खापुङले पदभार ग्रहण गर्दै दूर दराजमा सामान्य रोगको उपचार नपाएर, रोग पत्ता नलागेका र स्वास्थ्य संस्था नपुगेका रोगीको रोग पत्ता लगाउनका लागि स्वास्थ्य शिविरको व्यवस्था  गरिने नवनियुक्त मन्त्री खापुङले बताए ।

यस्तै, मन्त्री खापुङले ग्लोबल फण्डको कार्यक्रम सरकार आफैँले सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने फाइलमा हस्ताक्षर समेत गरेका छन् । सन २०२४ देखि ग्लोबल फण्डको कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव सो फाइलमा उल्लेख गरिएको छ । निवर्तमान स्वास्थ्य मन्त्री विरोध खतिवडाले पूर्व राज्यमन्त्री खापुङलाई जिम्मेवारी सुम्पिएका छन् ।