Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

मन्त्री आलेले बुझाए ‘राजीनामा पत्र’

Sunday, June 26, 2022 National Power

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम ओलेले पदबाट जुनसुकै बेला राजीनामा दिन तयार रहेको प्रतिबद्धता पत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन् । मन्त्री हेरफेर गर्ने निर्णयलाई नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिले अनुमोदन गरेसँगै आलेले पार्टीको निर्णय जुनसुकै बेला कार्यान्वयन गर्न आफू तयार रहेको ब्यहोराको पत्र अध्यक्ष नेपाललाई बुझाएका हुन् ।

पार्टी महासचिव बेदुराम भुसालका अनुसार मन्त्री आलेले २४ घण्टाभित्र आफू मन्त्री पद छाड्न तयार रहेको प्रतिबद्धता जनाएका थिए । सोही अनुसार मन्त्री आलेले राजीनामा गर्ने प्रतिबद्धता पत्र बुझाएको उनको भनाई छ ।

मन्त्री हेरफेरको विषयमा पार्टीभित्र विवाद रहेको छ । पार्टीका मन्त्रीहरूले पार्टीले नयाँ मन्त्रीका लागि सिफारिस गरेभन्दा फरक नामहरू मन्त्रीका लागि सिफारिस गर्नुपर्ने भन्दै नयाँ सूची नै तयार पारेका थिए । पार्टीले मन्त्रीका लागि सिफारिस गरेका नामहरू समावेशी नभएको भन्दै नयाँ नामको सूची उनीहरुले तयार गरेका हुन् ।