Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

‘कालापानीमा भारतीय फौज भएकाले त्यसभन्दा उता लिम्पियाधुरा र लिपुलेकमा नेपाली प्रवेश गर्नै सकेनन् : अध्यक्ष ओली

Tuesday, June 21, 2022 National Power

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ नभएको बताएका छन् ।पूर्व राजदूतहरुको समूहसँग आज भएको छलफलमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा सुगौली सन्धिपछि १४६ वर्षसम्म नेपालले भोगचलन गरेको भूभाग भएको बताए ।

एउटा समय सन्दर्भमा कालापानीमा भारतीय फौज आएर बसेको भन्दै उनले अघि भने, ‘कालापानीमा भारतीय फौज भएकाले त्यसभन्दा उता लिम्पियाधुरा र लिपुलेकमा नेपाली प्रवेश गर्नै सकेनन् । यो यथार्थ हो । अहिले नेपालीले भन्न सकेनन् भने पनि अलिपछि भन्छन्, भन्नैपर्छ ।’उनले अघि भने, ‘हाम्रो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ होइन, सम्बन्ध बिगार्ने कुरा पनि होइन ।’

भारतीय प्राधनमन्त्रीसँग भएका भेटहरुमा आफूले यसबारे खुलस्त छलफल गरेको भन्दै ओलीले राजनीतिक खचपच नभएको भए यो विषय सल्टिसक्थ्यो जस्तो लागेको समेत बताए ।