Thursday 30th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

बंगलादेशी फेसनको स्वाद

Monday, June 20, 2022 Devil Singh Rajput

राजधानी शहरको प्रदशर्नीमार्ग स्थित प्रदशर्नी कक्षमा संचालन भएको नेपाल चेम्बर एक्स्पो २०२२ अन्तर्गतको तेस्रो दिनमा बंगलादेश फेसन शो शीर्षकमा बंगलादेशी फेसनका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ । शनिबार साँझ प्रस्तुत गरिएको सो फेसन शोमा बंगलादेशी फेसन अन्तर्गत विभिन्न पहिरन शैली र हस्तकलाका अनुपम नमूनाहरु र्‍याम्पमाथि देख्न पाइयो ।

्सात चरणमा प्रस्तुत गरिएको उक्त फेसन प्रस्तुतिमा साडी, सलवार कमीज, कुर्ती, शर्टस्, पन्जाबी स्टाइल, टि शर्ट लगायतका पहिरन संगै लेदर तथा फ्याब्रिकमा तयार पारिएका विभिन्न एक्सेसरिज पनि प्रदर्शन गरिएको थियो । सो फेसन कार्यक्रममा प्रस्तुत गरिएका फेसनका विविध नमूनाहरु मूलत: मस्लिन, सिल्क, कटन फ्याब्रिकमा तयार पारिएकाहरु थिए । फेसन शोको अन्तिम प्रस्तुति भने खाडी वेयर थियो । काठमाडांैंस्थित बंगलादेशी राजदूतावासको पहलमा प्रस्तुत गरिएको सो फेसन कार्यक्रमको संयोजन तथा कोरियोग्राफी फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए भने मोडलहरुको मेकअप तथा हेयरस्टालिङ ब्युटी गार्डेन, द ग्रुमिङ स्टेसनले गरेको थियो ।

बंगलादेश फेसन शो अन्तर्गत प्रस्तुत भएका फेसनशैलीहरु मध्ये केही भने बंगलादेशी फेसन डिजाइनरका सृजनाहरु थिए भने केही भने रेडी टू वेयर शैलीहरु थिए । आठ जना युवती तथा चार जना युवा मोडलको उक्त फेसन शो प्रस्तुतिलाई पूर्व मिस नेपाल सुगरिका के.सी.ले संचालन गरेकी थिइन् । कार्यक्रममा नेपालका लागि बंगालादेशी महामहिम राजदूत सलाउद्दीन नोमान चौधरी लगायत बंगालादेशी राजदूतावास तथा नेपाल चेम्बर अफ कमर्सका आमन्त्रीतहरुको विशेष उपस्थिति रहेको थियो ।