Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि द्वारा नेपालमा नेक्स्ट ग्ल्यामर नेपाल प्रतियोगिताको आयोजना

Wednesday, June 15, 2022 Devil Singh Rajput

नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि द्वारा नेपालमा नेक्स्ट ग्ल्यामर नेपाल प्रतियोगिताको आयोजना हुने भएको छ ।आउँदो असार ११ गते काठमाडौंको शान्तिनगर स्थित साक्यता डान्स स्टुडिओमा नेक्स्ट ग्ल्यामर नेपाल २०२२ को अडिसन हुने जनाइएको छ । नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुले नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि, साक्यता डान्स स्टुडिओ को कार्यालयबाट र अन्लाइन फर्मबाट फर्म लिएर सहभागिता जनाउन सक्ने जनाइएको छ । प्रतियोगितामा भाग लिनको लागि १६ बर्षदेखि २६ बर्ष सम्मको हुनुपर्ने जनाइएको छ । त्यस्तै महिलाको उचाइ ४ फिट ५ इन्च र पुरुषको ५ फि ५ इन्चभन्दा माथि हुनुपर्नेछ प्रतियोगिताको विजेताले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउने तथा चलचित्रमा अवसर, म्युजिक भिडियोमा अवसर, अवार्ड, ट्रफि मिडियामा अन्तर्वार्ता र अन्य थुप्रै उपहारहरु पाउन सक्ने आयोजक संस्था नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि का अध्यक्ष सबनम चौधरीले बताउनु भएको छ । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर के.डि भट्टराईबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने छ।