Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

छैठौं ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’का लागि आव्हान

Monday, June 13, 2022 National Power

काठमाडौं । छायाँछवि क्रियसनले आयोजना गर्दै आएको छोटा फिल्महरुको महोत्सव ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैठौं संस्करणका लागि आव्हान गरेको छ । यो फेस्टाका लागि २०७९ असार २६ गतेसम्म छोटा फिल्म दर्ता गरी सक्नुपर्ने आयोजकले जनाएको छ ।

फेस्टा एवं छायाछविका अध्यक्ष शान्तिप्रियले छोटा फिल्म एवम् छोटा वृत्तचित्रले भाग लिन पाउने बताए । उनका अनुसार छोटा फिल्म एवं छोटा वृत्तचित्रको समयावधि २ मिनेटदेखि ५९ मिनटभित्रको हुनुपर्नेछ ।

‘नेपालमा पछिल्लो समय छोटा फिल्म एवं वृत्तचित्रको निर्माण बढेको छ । छोटा फिल्म एवं वृत्तचित्र उत्कृष्ट गुणस्तर र प्रविधिमा निर्माण हुन पनि थालेका छन् । यस्ता फिल्म एवं वृत्तचित्रलाई उचित स्थान दिँदै दर्शकसम्म पुर्याउन र अझै गुणस्तरयुक्त बनाउन प्रोत्साहन दिने फेस्टिभल गर्न गरेका हौं’, उनले भने ।

फेस्टामा सहभागी फिल्मलाई बेष्ट सर्ट फिल्म (फिक्सन), बेष्ट सर्ट फिल्म (फिक्सन) निर्देशक, बेष्ट सर्ट फिल्म (डकुमेन्ट्री), बेष्ट सर्ट फिल्म (डकुमेन्ट्री) निर्देशक, बेस्ट कन्सेट÷स्कृप्ट, बेष्ट बायोपिक डकुमेन्ट्री, जुरी अवार्ड, पब्लिक च्वाईस अवार्ड, बेष्ट म्यासेज फिल्म, इनकरेजमेन्ट अवार्डलगायतका अवार्ड प्रदान गरिनेछ ।

यीमध्ये बेष्ट सर्ट फिल्म (फिक्सन) र बेष्ट सर्ट फिल्म (वृत्तचित्र)लाई क्रमशःट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ प्रदान गरिने छ । बाँकी विधामा भने ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।