Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न निवेदन आह्वान

Wednesday, June 8, 2022 National Power

काठमाडौं -विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रले निवेदन आह्वान गरेको छ ।काठमाडौंमा भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीका लागि निवेदन आह्वान गरिएको हो ।

सम्बन्धित विद्यार्थीले अनलाइनबाट फाराम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथै लोपोन्मुख, आदिवासी जनजाति र दलित समुदाय खुल्ने परिचय पत्रको प्रतिलिपि र सिफारिस ऊर्जा प्रवर्धन केन्द्रमा पेस गर्नुपर्नेछ ।

असार ९ गतेसम्म निवेदन दिन सकिनेछ । यसअघि २०७८ फागुन ९ गतेको सूचना अनुसार माग पेस गरेका विद्यार्थीले भने पुनस् निवेदन दिन नपाउने केन्द्रले जनाएको छ ।