Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सुरेन्द्र महर्जन ‘अमर’को ‘डियर भ्याक्सिन’ सार्वजनिक

Thursday, June 2, 2022 National Power

काठमाडौं – ओएसनेपालको आयोजनामा ओएसनेपालद्वारा प्रकाशित वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित उहाँको ३० औँ कृति कोरोना महामारीको समयमा लेखिएको ‘डियर भ्याक्सिन’ उपन्यास एक समारोहका विच जेष्ठ १९ गते सार्वजनिक गरिएको छ ।उपन्यास सार्वजनिक गर्दै वरिष्ठ साहित्यकार प्रा.डा. गार्गी शर्माले सुरेन्द्र महर्जन अमरको साहित्यिक यात्राको बारेमा बोल्नु हुँदै उहाँको सफलताको कामना गर्नुभयो ।

सार्वजनिक समारोहमा उपन्यास डियर भ्याक्सिनको अडियो साहित्यकार एवं उपन्यासकार संघका अध्यक्ष शंकर भारती सार्वजनिक गर्दै, धेरै पहिलादेखि साहित्य लेखनमा लागेर कथा, कविता, गीत, हाइकु, तान्का र उपन्यास लेख्नु हुने साहित्यकार अमरको बारेमा बोल्नु भएको थियो ।

उपन्यासको अडियोमा आफ्नो मेहनत र स्वर दिएर सहयोग गरिदिने भाष्कर श्रेष्ठलाई ओएसनेपालको तर्फबाट ”भ्याक्सिन आवाज’ सम्मानबाट सम्मानित समेत गरिएको थियोे भने सोही आवाज युटुवमा रहेको छ ।

समारोहमा चर्चित संगीतका सन्तोष श्रेष्ठ, साहित्यकार राजबाबु श्रेष्ठ सागर, ओएसनेपालका गबोड अफ डाइरेक्टर हरि अधिकारी, पत्रकार गीता अधिकारी, गायक दिनेश थानी, गायक संगीतकार चिरञ्जीवी भण्डारी, विनोद श्रेष्ठ, हरिशरण लवजुआदिले सुरेन्द्र महर्जनको बारेमा बोल्नु भएको थियो । कार्यक्रम भक्तपुर पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकी’साउंँतेली’ले संचालन गरेका थिए ।