Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

ईश्वरपुर नगर प्रमुखमा काँग्रेसका मनोज कुमार आचार्य निर्वाचित

Friday, May 20, 2022 National Power

काठमाण्डौ – सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेपाली कांग्रेसबाट मनोजकुमार आचार्य मेयर पदमा निर्वाचित भएका छन । वैशाख ३० सम्पन्न भएको स्थानिय निर्वाचनमा आचार्यले नेकपा एमालेका मनोज कुमार देवकोटालाई हराँउदै नगर प्रमुखमा निर्वाचित भएका हुन ।

आचार्यले ७४९८ मत प्राप्त गरि प्रमुख पदमा निर्वाचित भएका हुन भने उनका निकटतम प्रतिदन्द्धी देवकोटाले ५१७० मत प्राप्त गरेका थिए । राजनितिमा प्रवेश गरेको
छोटो समयमानै राजनीतिमा सफलता हात पारेका आचार्य नेपाली काँग्रेसमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

समाज सेवामा क्रियाशिल रहँदै आएका आचार्य सर्लाही जिल्लामा आममानिसहरुले रुचाईएका व्यक्तिको रुपमा पर्ने गर्दछन् । कोभिड १९ को महामारीमा आफ्नो ज्यानको बेवास्ता गर्दै ईश्वरपुर नगरवासीका लागि अहोरात्र खटिएका कारण आचार्र्य ग्यालेक्सि एक्सिलेन्स अवार्डमा कोभिड हिरो अवार्डबाट समेत सम्मानित भएका थिए ।

उनको जीतले सम्पूर्ण नगरवासी मात्र नभएर सर्लाही जिल्लावासी नै उत्साहित देखिएका छन । नगरको विकास उन्नती र प्रगतिको लागि सधैंं तत्पर रहने युवा नेता आचार्य अव नगर प्रमुख मार्फत नगरको मुहार फेर्ने अभियानमा लागेपछि ईश्वरपुरवासीमा मात्र नभएर जिल्लावासीमा नै हर्षोल्लास छाएको छ ।

उनले आफ्नो जित पश्चात छोटो प्रतिक्रिया दिदै भने “म सम्पुर्ण नगरवासी तथा मतदाताहरुप्रती कृतज्ञ छु । छोटो समयमा नै जनताले आफुमाथी भरोसा राखी नगर प्रमुख बनाएको प्रती म ईश्वरपुरवासी जनसमुदायलाई हार्दिक धन्यवाद दिन चाहान्छु । नगरका जनताले म माथी भरोसा राखी नगर प्रमुखका लागि निर्वाचित गरी मलाई समाजका लागी केही योगदान गर्ने अवसर दिएकोमा म अत्यन्तै खुशी छु ।” उनले आफु सम्पूर्ण नगरवासी प्रति कृतज्ञ भएको बताएका छन् ।

नगर उपप्रमुखमा भने ७२५१ मत ल्याई रंजीता देवी चौधरी विजयी भएकी छिन् ।