Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

बुढानीलकण्ठमा एमाले विजयी, मेयरमा मिठाराम निर्वाचित

Wednesday, May 18, 2022 National Power

काठमाडौं –  बुढानीलकण्ठ नगरपालिका, काठमाडौंमा नेकपा एमाले विजयी भएको छ । बुधबार सकिएको मतगणनामा मेयर एमालेका मिठाराम अधिकारी र उपमेयरमा अनिता लामा निर्वाचित भएका हुन् ।

अधिकारी १४ हजार २५० मतका साथ निर्वाचित हुँदा नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ मत ल्याए । एकीकृत समाजवादीका वालकृष्ण श्रेष्ठले २ हजार २२२, स्वतन्त्र उम्मेदवार सुमित खरेलले १ हजार ३०८ राप्रपाका निना भेटवालले १ जार ३९ र माओवादी केन्द्रका डम्बरबहादुर अधिकारीले ६५९ मत ल्याएका छन् ।

उपमेयरमा निर्वाचित एमालेकी लामाले १४ हजार ३१४ मत ल्याएकी छन् भने निकटतम प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९७२ मत ल्याए । राप्रपाकी चम्पादेवी अधिकारीले १३१२ र माओवादी केन्द्रकी कमला गौमतले ८२७ मत ल्याएकी छन् ।