Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

मधेस प्रदेशमा धाँधली भएको एमालेको आरोप

Wednesday, May 18, 2022 National Power

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्थानीय निर्वाचन कर्मचारीको मिलेमतोमा शान्तिपूर्ण धाँधली भएको आरोप नेकपा एमालेका सचिव रघुवीर महासेठले लगाएका छन् । बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्वमन्त्री समेत रहेका एमालेका मधेस प्रदेशका इन्चार्ज तथा सचिव महासेठले यस्तो आरोप लगाएका हुन् ।

स्वच्छ, भयरहित, निष्पक्ष निर्वाचन लोकतन्त्रको मूल मर्म रहे पनि यस निर्वाचनमा नेपाली काँग्रेसले नेतृत्व गरेको गठबन्धन सरकारले सत्ताको दुरुपयोग गर्दै निर्वाचनलाई सत्ता कब्जा गर्ने माध्यम बनाएको आरोप सचिव महासेठले लगाए । मधेस प्रदेशमा निर्वाचनको दिन र मत गणनाको क्रममा विभिन्न जिल्लाहरूमा भएका घटनाहरूले पुष्टि गरेको उनले बताए । मधेस प्रदेशका अधिकांश जिल्लामा काँग्रेसलगायत सत्तापक्षले आफ्नो अनुकूल निर्वाचनमा खटेका कर्मचारी, सुरक्षाकर्मीसमेतलाई दुरुपयोग गरेको उनको भनाई छ ।

​उनले रौतहट, सर्लाही, धनुषाको नगराईन, धनौजी, मिथिला विहारी नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, महोत्तरी, पर्सा, सिरहा, सप्तरलगायत दर्जनौँ स्थानमा काँग्रेसले आक्रमण गरी मतदान रद्द गराएको, मतपेटिका कब्जामा लिई फर्जी मत हाल्न लगाएको, कर्मचारीकै कारण मतपेटिकामा खसेको मत भन्दा बढी मतपत्र फेला परकोलगायतको आरोप लगाए । प्रदेश इन्चार्ज तथा सचिव महासेठले भने, ‘सो घटनाहरूले के देखाउँछ भन्ने नेपाली काँग्रेस लोकतन्त्रको मूल मर्मलाई समाप्त गरेर भए पनि सत्ता कब्जा गर्न खोजिरहेको छ। हामी यस्ता लोकतन्त्र विरोधी कुकृत्यको घोर भर्त्सना गर्दै विरोध गर्दछ ।’

उनले अघि थप्दै भने,  ‘नेपाली काँग्रेसको गठबन्धन सरकारले अविल्म यस्ता क्रियाकलाप बन्द गर्न र कहाँकहाँ घटना भएका छन् ती ठाउँहरुमा सत्य तथ्य छान बिन गरी अपराधी माथि कारबाही गर्न र जनमतको कदर गर्न माग गर्दछ। अन्यथा हामी कडा कदम चाल्न बाध्य हुनेछौँ ।’