Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

भुम्लुमा नेकपा एमालेलाई जिताउन अध्यक्ष पदका उम्मेदवार प्रेम लामाको अपिल

Friday, May 6, 2022 National Power

काभ्रेपलाञ्चोक – भुम्लु गाउँपालिकामा नेकपा एमाललेले चुनावी गतिविधिहरुलाई तिब्रता दिएको छ । गाउँपालिकाका सबै वडाहरुमा घरदैलो अभियानमा पुर्वमन्त्री गोकुल बाँसकोटा सहित र्याली सभा तथा सम्मेलनहरुको आयोजना गर्दै आईरहेको छ । गाउँपालिकामा लोकप्रिय समाजसेवीको रुपमा चिनिएका युवानेता प्रेम लामा यस पटकको स्थानिय निर्वाचनमा भुम्लु गाउँपालिकाको अध्यक्ष पदका उममेदवार हुन । लामो समय देखी नेकपा एमालेमा सक्रिय रुपमा लागेका नेता प्रेम लामाले भुम्लुबासीको लागि अव केहि गरेरै देखाउने अठोट लिएका छन् । सानै उमेर देखी समाजसेवामा सक्रिय लामाले आफ्नो गाउँपालिकामा आई पर्ने प्राकृतिक विपत्ति होस वा अन्य कुनै पनि वाध–व्यवधानहरुलाई साझारुपमा लिदै समाधानको लागि अग्रणी भुमिका निर्वाह गर्दै आईरहेका छन् ।

सामाजिक स्तरबाट जनताको सेवामा समर्पित लामाले अव अध्यक्ष बनेर भुल्लु गाउँपालिकालाई नै नमुना गाउँपालिका बनाउने योजना बनाएका छन् । वि सं २०७२ सालको भुकम्प र त्यपछिको कोरोनाकालमा आफ्नो गाउँपालिकामा लामा निकै सक्रिय भएर सेवामा समर्पित थिए । उनले स्थानियहरुको साथमा उनिहरुको गाँस,बास, कपास लगायतका तत्कालिन समस्याहरुको समाधानको लागि महत्वपुर्ण भुमिका समेत खेलेका थिए । कृषि र किसानका मुद्धाहरुलाई पहिलो प्राथमिकतामा राखेर सुखी र समृद्ध पालिका निर्माण तर्फ आफुहरु अगाडी बढ्ने भन्दै लामाले भने किसानको ठुलो बस्ती समेटिएको पालिकालाई उकास्न आयश्रोतको मुल आधार कृषि नै बनाउनु पर्छ ।

भुम्लुलाई कृषिमय बनाइ भुम्लुबासीको जिबनस्तर उकास्न कृषकमैत्री योजना लाई नेकपा एमाले भुम्लुले समेटेको छ । बीउ देखि उत्पादन बेच्ने बजारसम्म, ऋण देखि अनुदानसम्म , तालिम देखि पुरस्कारसम्म नेकपा एमाले भुम्लुको लागि कृषिनै आयश्रोतको मुलआधार भएको भन्दै कृषि बिकास तथा बचाउका निम्ति थुप्रै योजना ल्याएको छ । नेकपा एमाले भुम्लु गाउँपालिका लक्ष्यनै सुनकोशीको पानी खेतबारीमा लानी बढाउने जनताको आम्दानी रहेको समेत बताएका छन् ।

त्यस्तै उपाध्यक्ष पदको उम्मेदवार कल्पना श्रेष्ठले भुम्लु गाउँपालिकामा कृषिक्रान्ति, युवा स्वरोजगारका सथै पर्यटन, पुर्वाधार विकास र महिला शसक्तिकरण लगायतका विषयहरु अहिले भुम्लुलाई आवस्यक रहेको भन्दै आफुहरुले भुम्लको विकास गर्नको लागि आफुहरुलाई मतदान गर्दै भुम्लुको विकाश गर्ने मौका दिन अपिल गरेकी छन् ।