Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

सविता र प्रेम अभिनित ‘कसले सक्छ र खुशी दिन’ सार्वजनिक (भिडियो)

Monday, April 25, 2022 National Power

काठमाण्डौ  – सविता खड्का र प्रेम शर्माको अनस्क्रिन रोमान्स रहेको गीत ‘कसले सक्छ र खुशी दिन‘’को भिडियो सार्वजनिक भएको छ । प्रेमकै निर्देशन र सम्पादन रहेको गीतको भिडियोमा सविता र प्रेमसँगै केशव आचार्य र बालकलाकारमा कञ्चन कट्टेल देखिनुभएको छ । भिडियोमा आफूले अत्यधिक माया गर्ने मान्छे अर्कैको हुँदाको पिडा व्यक्त गरिएको छ ।

एनिस एनञ्जल राईको शब्द, संगीत र स्वर रहेको गीतमा बुद्ध स्याङवाको एरेञ्ज, रोवट लिम्बु ‘शुब्बा’को रेकर्डिङ, मिन विष्टको मिक्सिङ तथा माष्टरिङ र राजेशकुमार श्रेष्ठ ९म्युजिक पार्क०को पाश्र्व संगीत छ । ह्वाइट साउण्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा ज्ञानकुमार कट्टेलको छायाँकन र बालकुमारको ड्रोन रहेको छ भने एक्सन शंकर महर्जनको छ । ज्ञानु झाको आर्ट वर्क रहेको भिडियोको पोष्ट प्रोडक्सनमा कोचे मल्टिमिडिया रहेको छ ।

सविता खड्का गरिमा पारिवारिक टेलिसिरियलकी मुख्य कलाकार हुनुहुन्छ । उहाँ सो सिरियलकी लेखक, निर्देशक तथा निर्मातासमेत हुनुहुन्छ । मोरङ कानेपोखरी स्थायी घरभएकी सविता नेपाली कला क्षेत्रमा उद्यमान कलाकारका रुपमा आउनुभएको छ ।