Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

सविता र प्रेम अभिनित ‘कसले सक्छ र खुशी दिन’ सार्वजनिक (भिडियो)

Monday, April 25, 2022 National Power

काठमाण्डौ  – सविता खड्का र प्रेम शर्माको अनस्क्रिन रोमान्स रहेको गीत ‘कसले सक्छ र खुशी दिन‘’को भिडियो सार्वजनिक भएको छ । प्रेमकै निर्देशन र सम्पादन रहेको गीतको भिडियोमा सविता र प्रेमसँगै केशव आचार्य र बालकलाकारमा कञ्चन कट्टेल देखिनुभएको छ । भिडियोमा आफूले अत्यधिक माया गर्ने मान्छे अर्कैको हुँदाको पिडा व्यक्त गरिएको छ ।

एनिस एनञ्जल राईको शब्द, संगीत र स्वर रहेको गीतमा बुद्ध स्याङवाको एरेञ्ज, रोवट लिम्बु ‘शुब्बा’को रेकर्डिङ, मिन विष्टको मिक्सिङ तथा माष्टरिङ र राजेशकुमार श्रेष्ठ ९म्युजिक पार्क०को पाश्र्व संगीत छ । ह्वाइट साउण्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा ज्ञानकुमार कट्टेलको छायाँकन र बालकुमारको ड्रोन रहेको छ भने एक्सन शंकर महर्जनको छ । ज्ञानु झाको आर्ट वर्क रहेको भिडियोको पोष्ट प्रोडक्सनमा कोचे मल्टिमिडिया रहेको छ ।

सविता खड्का गरिमा पारिवारिक टेलिसिरियलकी मुख्य कलाकार हुनुहुन्छ । उहाँ सो सिरियलकी लेखक, निर्देशक तथा निर्मातासमेत हुनुहुन्छ । मोरङ कानेपोखरी स्थायी घरभएकी सविता नेपाली कला क्षेत्रमा उद्यमान कलाकारका रुपमा आउनुभएको छ ।