Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

पर्वतको माटोमा हुर्किएका पन्त र विश्वकर्मालाई प्रबल जनसेवाश्री पदक

Friday, April 15, 2022 National Power

काठमाण्डौ – यसो त पर्वत जिल्लामा जन्मिएका धेरै कलाकारहरूले नेपाली सांगीतिक क्षेत्रमा सफलताको शिखर छोइरहेका छन । यसै बीच त्यही ठाउँमा हुर्केर नेपाली सांगीतिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेका कस्तुप पन्त र कुलेन्द्र विश्वकर्मालाई नेपाल सरकारले हरेक वर्ष प्रदान गर्ने प्रबल जनसेवाश्री पदकले  सम्मान गरिएको छ ।

दर्जनौं कालजयी गीतमा शब्द तथा संगीत समेत दिएका पन्त तथा करोडौँ दर्शक बनाउन सफल दर्जनौं हिट गीतमा आवाज दिने कुलेन्द्र विश्वकर्मालाई सरकारले प्रदान गर्ने उच्च सम्मानले समग्र पर्वत जिल्लालाई नै हर्षित बनाएको यस क्षेत्रमा जानकारहरूको भनाई छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बैशाख १ गते विभिन्न पदकमा यस अघि नै नाम घोषणा भएकाहरूलाई पदक वितरण गरिएको हो । पदक पाउनेमा गायिका विष्णु माझीको पनि नाम थियो तर उनी पदकको लागि नगएको बुझिएको छ ।  सरकारले आफ्नो कामलाई सम्मान गर्दै पदक दिएको प्रति दुवै कलाकारहरूले खुसी व्यक्त गर्नु भएको छ । साथै आगामी दिनमा अझ यस क्षेत्रको विकासको लागि आफूहरूले सक्दो योगदान गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।