Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

फेसन सृजनामा फरक स्वाद, अद्धितिय प्रतिविम्ब

Thursday, April 7, 2022 Devil Singh Rajput

काठमाडौं- गत चैत २३ गते बूधबार साँझको समय छिप्पिदै जाँदा ¥याम्पमाथि विस्तारै मोडलहरुको चहलपहल बाक्लिंदै गयो र एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप रंग, स्वरुप र सृजनाहरुसित उपस्थित फेसन पारखीहरु साक्षात्कार हुँदै गए । नमूना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परिक्षाको रुपमा अद्धितिय प्रतिबिम्ब शीर्षक अन्तर्गत उक्त फेसन शोले मूर्त रुप पाएको हो । नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर सहित मोडलहरु रनवेमा उपस्थिति भएसंगै शुभारम्भ भएको उक्त कार्यक्रममा एघारवटा विभिन्न कलेक्सन अन्तर्गत ८२ वटा रेगुलर तथा ११ वटा क्रिएटिभ डिजाइनका पहिरनहरु प्रस्तुत भएका थिए ।

करिब तीन घण्टासम्मको अद्धितिय प्रतिविम्बको यात्रामा लेदर तथा फरसित प्रभावित हाय फर नेट, ओरिगामीबाट प्रेरित शैली, जेन्डर फ्लुडका अवधारणा, हेभेन्ली बडीजबाट प्रेरित शैलीहरु, पिसेस् अफ ड्रिम, टाइम स्टे«टममा केन्दि«त पहिरनहरु देख्न पाइएको थियो । यसैगरी बोटविरुवा र तीसंग जोडिएको अन्डर ग्राउन्ड जीवन, समुद«ी जीवनको शैली, घृणा र प्रेमसित जोडिएको मनोभावहरु, राशिबाट प्रभावित स्वरुपहरु, नारी व्यक्तित्व र फूलको आकर्षणको समायोजनलाई पहिरनको स्वरुपमा अवलोकन गर्न पाइएको थियो ।

२३ जना युवती मोडलहरु र ८ जना युवा मोडलहरुको प्रस्तुतिमा सम्पन्न हुने उक्त फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १६औं ब्याचका ८२ जना विद्यार्थी डिजाइनरहरुको जिम्मेवारीमा सम्पन्न भएको थियो । कार्यक्रमको कोरियोग्राफी र निर्देशनको अविभारा संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेका हुन् । कार्यक्रममा बेलिनी बाइकले पावर्ड बाइको रुपमा प्रायोजन थियो भने मेकअप दरबार ग्रुमिङ पार्टनरका रुपमा रहेको थियो । कार्यक्रममा नमूना कलेजद्वारा प्रकाशित पहिलोे फेसन क्याटलगको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. यादव राज कोइराला तथा नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरद्वारा संयुक्त रुपमा विमोचन गरिएको थियो ।

सृजनशीलता र कल्पनाशीलतामा निखारिएका अनुपम एवं उत्कृष्ट फेसन शैलीहरु पदार्पण भएको नमूना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परिक्षाको रुपमा अद्धितिय प्रतिबिम्ब शीर्षक अन्तर्गत उक्त फेसन शोले मूर्त रुप पाएको हो । उक्त परिक्षा रुपी फेसन शोमा फेसन अध्यापकत्रय राजेन्द« सिंह, निशा श्रेष्ठ र कुश्मा श्रेष्ठ, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, फोटोग्राफर राजभाई सुवाल, गोल्यान ग्रुपका शक्ति गोल्यान, शिक्षाविद् जया प्रधान, फेसन स्टाइलिष्ट निलिमा तामाङ, , द हिडेन टे«जरका दिवाकर राजकर्णिकार, फेसन डिजाइनर अनु श्रेष्ठ, फेसन उद्यमीद्वय महेश्वर श्रेष्ठ र राहुल मान शाक्यले निर्णायकको भूमिका निर्वाह गरेको थिए ।