Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको औपचारिक भेटघाट तथा परिचय पत्र प्रदान कार्यक्रम सम्पन्न

Wednesday, April 6, 2022 National Power

काठमाण्डौ– नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको औपचारिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यसमिति मानार्थ सदस्यता प्रदान, पदाधिकारी तथा सदस्यको परिचय पत्र वितरण लगायतका कार्यक्रम सहित मंगलबार राजधानीको रक हाउस क्याफेमा फावनको परिचय तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
गत साउनमा सम्पन्न फावनको पाँचौ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको औपचारिक तथा नव नियुक्ति मानार्थ तथा साधारण सदस्यलाई सांगठनिक सदस्यता परिचय पत्र र प्रमाण पत्र प्रदान गरिएको थियो । नवनिर्वाचित अध्यक्ष खगेन्द्र प्याकुरेल, वरिष्ठ उपाध्यक्ष ऋmषिराज आचार्य, कृष्ण काफ्ले, शिव परियार, ऋषि लामिछाने, चिरञ्जिवी गरागाई, महांसंघका केन्द्रिय सदस्य बेदराज लामा, उपाध्यक्ष दयाराम घिमिरे, महिला उपाध्यक्ष सरिता भारती, महासचिव राजन थापा, सचिव प्रदिप वासतोला, कोषाध्यक्ष कमला कुमारी जोशी र सहकोषध्यक्ष प्रवण भुषाल, सदस्य सन्जित भण्डारी, मिडिया संयोजक जिवन पराजुली, केन्द्रिय सदस्य तथा आईटी विज्ञ डेविल सिंह राजपुत, सदस्य सुस्मा देवकोटो, सदस्य साक्षि लम्साल गायत कार्यसमिति सदस्य, मानार्थ सदस्य तथा सल्लाहकार समितिको उपस्थिती रहेको थियो ।

कार्यक्रममा गायक शिव परियार र गायक कृष्ण काफ्लेलाई पनि मानार्थ सदस्यका रुपमा सम्मान सहित कार्य समितिमा मनोनयन गरिएको छ । चार वर्षका लागि निर्वाचित नयाँ कार्यसमितिको मानार्थ सदस्यमा वरिष्ठ चलचित्र निर्देशक मोहन निरौला, वरिष्ठ सञ्चारकर्मी शान्तिप्रिय, चलचित्र निर्देशक माधव राज खरेल लगायत मानार्थ सदस्य रहेको कार्यसमितिमा सल्लाहकार चलचित्र अर्काईष्टि चिरञ्जिवी गुरागांईं श्रीदेव भट्टराई लगायतलाई पनि परिचय पत्र वितरण गरिएको थियो ।
कार्यसमितिको मंगलबारको बैठकमा अध्यक्ष प्याकुरेलले कला क्षेत्रमा भौती तथा बौद्धिक श्रमदान गर्दै आएका कलाकर्मीको उचित सम्मान हुनु पर्नेमा जोड दिनुका साथै आफ्नै अधिकारप्रति सचेत र नेपाली कलाकारिता प्रति जिम्मेबार रहन संगठनका पदाधिकारी तथा सदस्यहरुलाई ध्यानाकर्षण पनि गराएका छन् ।

संगठनका मानार्थ सदस्या तथा चलचित्र निर्देशक माधव राज खरेलले नेपाली चलचित्र क्षेत्रको ईतिहास देखी वर्तमान अवस्था प्रति कलाकर्मीको भुमिका र संगठनको विधानगत साथै उदेस्य र योजनाबारे प्रकाश पारेका थिए । विसं २०६० सालमा स्थापना भएको संगठनले नेपाली चलचित्र, गीतसंगीतका क्षेत्रमा कार्यरत कलाकर्मी तथा श्रमिकहरुको हकहितका लागि विभिन्न समयका विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्दै आईरहेको संगठनमा  चलचित्र गीत संगीतका क्षेत्रमा कार्यरत हरेक व्यक्तिले नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनमा सदस्य बन्न सक्ने प्रावधान रहेको छ ।