Friday 8th November 2024

    फेसन डिजाइनसँगसँगै रञ्जिता फाउण्डेसन मार्फत् सामाजिक कार्यमा रञ्जिता    ५० प्रतिशत सेयर र निःशुल्क प्रोमोको सुविधा पाउन निर्माता संघको सदस्य हुनै पर्ने    सरकार ढल्ने दिवा सपना नदेखे हुन्छः प्रधानमन्त्री    कार्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारी गर्दै नेकपा (माओवादी केन्द्र)    सुनको भाउ हालसम्मकै उच्च विन्दुमा

सौन्दर्य प्रतियोगिता ‘ट्रेजमी मिस ग्लोबल इन्टरनेसनल नेपाल २०२२’ हुँदै

Wednesday, April 6, 2022 Devil Singh Rajput

काठमाडौं,
चैत २३ ।

विभिन्न स्थानबाट व्यावसायिक मोडल बन्ने लक्ष्य लिएकाका लागि काजी प्रोडक्सनले सौन्दर्य प्रतियोगिता ‘ट्रेजमी मिस ग्लोबल इन्टरनेसनल नेपाल २०२२’को आयोजना गर्ने भएको छ । जुन प्रतियोगिताको आवेदन फारम खुला गरिएको छ ।

आगामी २०७९ वैशाख ३ गते राजधानीको ठमेलस्थित टोटोज पबमा हुने प्रतियोगिताको ग्राण्ड अडिसनमा १६ वर्षदेखि ३० वर्षसम्म उमेर समूहका युवतीहरूले आवेदन फारम भरी अडिसनमा भाग लिन सक्नेछन् ।

संस्थाका सिइओ सुशान्तकाजी श्रेष्ठले उपत्यकालगायत मोफसलबाट पनि जो कोहिले सहभागिता जनाउन सक्नेछन् । फेसन तथा मोडलिङ क्षेत्रमा प्रवेश गर्न चाहने युवतीहरूको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको अवसरसँगै आन्तरिक क्षमता विकास गर्ने उद्देश्य आयोजना संस्थाले लिएको छ ।

प्रतियोगिताका विजेताले ‘मिस ग्लोबल इन्टरनेसनल नेपाल २०२२’कोे ताजसहित अन्तर्राष्ट्रियस्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसरसँगै विभिन्न उपहार पाउनेछन् ।