Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

एनआरएनएमा अब ३ जना अध्यक्ष

Saturday, March 26, 2022 National Power

काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए) मा तीन जना अध्यक्ष बन्ने निश्चित भएको छ । एनआएरनएको दशौँ महाधिवेशनमा अध्यक्ष कुमार पन्तले राखेको प्रस्ताव हलबाट पारित भएसँगै तीनजना अध्यक्ष बन्ने निश्चित बनेको हो । शनिबारदेखि ललितपुस्थित होटल हिमालयमा सुरु भएको महाधिवेशनले नेतृत्व छान्न ७  जनाको अध्यक्ष मण्डल कमिटी गठन गर्ने प्रस्ताव पनि पारित गरेको छ । अब रविना थापा, कुल आचार्य र बद्री केसी अध्यक्ष बन्ने भएका छन् ।

नयाँ प्रावधानसहित विधानका केही धारा पनि निष्क्रिय भएका छन् । ११ औँ महाधिवेशनमा भने यो नयाँ व्यवस्था स्वतः निष्क्रिय बन्नेछ ।दुई दिनसम्म चल्ने सम्मेलनमा संघका महासचिव डा.हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका छन् ।