काठमाडौं – नयाँवर्ष २०७९ को भक्तपुरमा छैठौं भक्तपुर औद्योगिक मेला आयोजना हुने भएके छ । नयाँ वर्षकाे आगमनसंगै लामो समयदेखि विभिन्न जिल्लामा औधोगिक तथा व्यापार मेला गर्दै आएको औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर व्वाईज व्याण्डको आयोजनामा भक्तपुर जिल्लामा छैठौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला २०७८/०७९ को आयोजना गर्न लागिएको हो ।
चैत्र २४ बिहिबारदेखि सुरु हुने मेला बैशाख ४ गते सम्पन्न हुने भएको यस मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयाेजक संयाेजक दिपक थापाले जनाएकाे छ । मनोरञ्जनका लागि मेलामा बाल उद्यान, रोटी पिङ्ग, रेनजर, मारुती सर्कस, ड्रागन ब्रेक डान्स, नाउ तथा बच्चाको खेलौना, राष्ट्रिय स्तरका कलाकारहरुको हास्य व्यङ्ग्य तथा गीत संगीतको प्रस्तुती रहने छ ।
ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय स्थानले भरिभराऊ क्षेत्र भक्तपुरमा यसै जिल्लाको अरनिको राजमार्ग खण्ड ६ लेन सडकसंगै जोडिएको भक्तपुरको सल्लाघारी तीनकुने स्थित १०८ रोपनी क्षेत्रफल जग्गामा यस संस्थाले विशाल रूपमा मेला आयोजना गर्ने भएको छ । यसका लागि आवश्यक प्रक्रिया पुरा गरिसकेको र तत्कालै यस क्षेत्रमा स्टल निर्माण कार्यका लागि तयारीमा जुट्ने योजना रहेको जनाए ।
मेलामा २०० भन्दा बढी स्टल राखिने भएको छ स्टलको साईज अनुसार कम्तीमा ६ हजारदेखि रु १९ हजार ५०० सम्म शुल्क लिएर स्थानीय व्यापारीहरुलाई समेत स्टल उपलब्ध गराउने ब्यवस्था रहेकाे छ । मेलामा करिब ३ लाख भन्दा बढी उपभोक्ताको आगमन र करिब ८ करोड रुपैयाको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।
मेलामा दैनिक जीवनमा प्रयोग हुने उपभोग्य खाद्यान्न , लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरु पाईनुका साथै कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा विज्ञान प्रविधिको प्रर्दशनी, ग्रामीण प्रविधि सम्बन्धी गतिविधि, अटो मोवाइल, विद्युतीय मेशिन कृषि औजार, नृत्य प्रतियोगिता, मोवाईल तथा ईलेक्ट्रोनिक्स सामान र व्यापार तथा पर्यटकीय प्रर्दशनी उक्त मेलामा रहने छ । एशियाकै उत्कृष्ठ बाल उद्यान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव तथा विविध प्रस्तुती रहने समेत थापाले जनाएको छ ।
नयाँवर्षको अवसरमा आयोजना गर्न लागेको मेलामा एउटै छानामुनी उपभोक्ताले चाहेका हरेक सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराईने आयोजकले जनाएको छ । भक्तपुर, काठमाडाैँ, ललितपुर र काभ्रेदेखि आसपास जिल्लाहरुका बासिन्दाले समेत यसबाट लाभ लिन सक्ने जनाइएको छ ।
आयोजक टिमका अनुसार मेलालाई व्यवस्थित गर्न विद्यार्थीलाई रु. ४० र अन्यका लागि रु ५० प्रवेश शुल्कको व्यवस्था गरिएको छ । कोभिड -१९ को महामारीका कारण गतवर्ष आयोजना गर्न नपाए पनि यसवर्ष भने भव्य रुपमा मेलाको आयोजना गरिने बताइएको छ । अध्यक्ष सन्दिप महत जनाएको छ । भत्तपुरको सुर्यविनायकमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका निर्देशक सुनिल बज्राचार्य, कार्यक्रमका विभिन्न पधादिकारीहरु र पत्रकारहरुको ठुलो उपस्थिति रहेको थियो ।