Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

अबको निर्वाचन जनादेश र परमादेशबीचको जनमत संग्रह : ओली

Wednesday, March 23, 2022 National Power

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको निर्वाचन जनादेश र परमादेशबीचको जनमत संग्रह भएको टिप्पणी गरेका छन् । बुधबार पार्टीको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले अबको निर्वाचन राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरुका लागि कम्फर्टेबलहरुका बीचमा प्रतिस्पर्धा हुने बताएका हुन् ।‘यो निर्वाचन सामान्य, नियमित र सहज अवस्थामा हुँदै छैन, यो त जनादेश र परमादेशबीचको जनमत संग्रहका रुपमा हुँदैछ , राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरुका लागि कम्फर्टेबलहरुका बीचमा हुँदैछ । राजनीतिक स्थायित्वका पक्षधर र अस्थिरताका संवाहकहरुबीच हुँदैछ’ उनले प्रतिवेदनमा भनेका छन् ।ओलीले गत निर्वाचनमा जनादेशप्राप्त, राष्ट्र र जनताका निम्ति असल काम गर्दागर्दै षड्यन्त्रपूर्वक सरकारबाट विस्थापित गरिएको र निर्वाचनबाट किनारा लागेकाहरु अदलतको जस्केलाबाट छिरेको बताएका छन् ।

‘आम निर्वाचनको पूर्वसन्ध्यामा हुन गइरहेको यस निर्वाचनले राष्ट्रिय राजनीतिको भावी परिदृश्यको पनि संकेत गर्नेछ । तसर्थ यस निर्वाचनमा नेकपा एमालेले सफलता हासिल गर्नैपर्छ’ ओलीले भनेका छन् ।पाँच दलीय गठबन्धनका कारण एमालेलाई अप्ठेरो पर्छ भन्ने मनोवैज्ञानिक प्रभाव पार्न खोजिएको भन्दै ओलीले गठबन्धन र मोर्चा सामर्थ्यको प्रतीक नभई कमजोरीको द्योतक भएको टिप्पणी गरेका छन् ।‘त्यसैले यो मनोवैज्ञानिक भ्रम या भयबाट मुक्त हुन जरुरी छ । स्मरणीय छ,गत निर्वाचनमा पनि हामीले कांग्रेस(माणवादी गठबन्धनसँगै लडेर स्थानीय तह निर्वाचनमा एक्लै ४२ प्रतिशत स्थानमा विजय हासिल गरेका थियौं’ उनले भनेका छन् ।