Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

एनएमबिको सहुलियतपूर्ण कर्जाबाट उखु किसानहरु लाभान्वित

Tuesday, March 22, 2022 National Power

काठमाण्डौ – एनएमबि बैंकले प्रदेश नं. २ का उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । बैंकले कृषितथाउत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै प्रदेश नं. २ माहालसम्म १५६ जनाउखु किसानहरुलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराईसकेको छ ।
बैंकले उखु किसानहरुलाई सहज रुपमाकर्जा प्रवाहगर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससंग सम्झौता गरेको थियो । सम्झौताअनुसार उक्तचिनीउद्योगलाई आवश्यकउखुको माग पूरा गर्न आवश्यक पर्ने उखु खेतीगर्न प्रोत्साहानगर्दै किसानहरुलाईसहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो साथै सुगर मिल्ससंग सहकार्य गरी किसानहरुको उखु खेतीलाई आवश्यकअन्यबिभिन्नप्राविधिक सहयोगहरु पनिगर्दै आएको छ ।
कर्जा प्रवाहभएपश्चातहालसालै बैंकले गरेको स्थलगतनिरिक्षणमा अधिकांशकिसानहरुको जिवनस्तर परिवर्तन भएको र किसानहरुले उखु बिक्रिबाट लाभान्वितभई बैंकको कर्जा समेत तोकिएको भाकाभित्रै भुक्तानीगरिरहेको पाईएको छ । चिनीउद्योगहरुमाउखुको मागहुंदाहुदै पनिकर्जा नपाउँदाउखु खेती गरी उत्पादन बढाउन नसकेका किसानहरुले, बैंकले सहुलियपूर्ण कर्जा उपलब्ध गराएपछि आफुलाई प्राथमिकतामा राखी सहुलियतपूर्ण कर्जा बैंकले प्रवाह गरेको महशुस गरेका छन् ।
एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानितभएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मापनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’प्राप्तगरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवाप्रदानगर्दै आइरहेको छ ।