Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

निर्वाचन आयोगले निश्पक्ष भएर काम गर्नुपर्छ : ओली

Sunday, March 20, 2022 National Power

काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमाथि गम्भीर प्रश्न उठाएका छन् । मतपत्रमा निर्वाचन चिह्नका लागि प्रयोग गरिने रंगलाई लिएर प्रश्न गर्दै आएका उनले मनोनयन दर्ताका लागि दुई दिन छुट्याएकोमा समेत विरोध गरेका छन् ।

‘सधैं निर्वाचन आयोगले मनोनयन दर्ताका लागि एक दिन दिने गर्थ्यो। यसपटक वैशाख ११ र १२ गते दुई दिनलाई दिने भयो,’ आइतबार इलामको फिक्कलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘दुई दिन किन चाहियो रु पाँच दलीय गठबन्धनमा खटपट परेर एक दिनमा नमिल्नसक्छ, भोलिपल्ट मिल्छ ।’

उनले अघि भने, ‘पाँचदलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?’एमाले अध्यक्ष ओलीले चुनाव चिह्नको रंग हरियो राखेकोमा समेत आयोगको आलोचना गरे ।पाँचदलीय गठबन्धनले निर्वाचन आयोगलाई दुरुपयोग गरेर आफ्नो पक्षमा पार्न चाहेको उनको आरोप छ । ‘म निर्वाचन आयोगलाई सम्मान गर्न चाहन्छु र भन्न चाहन्छु, निर्वाचन आयोगले एउटा पार्टीको पक्षमा काम गर्ने होइन, निश्पक्ष भएर काम गर्नुपर्छ ।’

‘अहिले निर्वाचन आयोगले चुनाव चिह्नमा कुन रंग दिने भन्दा रुखको रंग सबैलाई दिने अरे । रुख पनि हरियो पारेर, सूर्य पनि हरियो पारेर चुनाव चिह्न दिने रे १ कस्तो अचम्मको निर्वाचन आयोग देखा पर्‍यो ।’ आयोगले दलहरुसँग परामर्श नगरेको र कांग्रेसको अनुकुल हुने चुनाव चिह्नको रंगबारे निर्णय गरेको भन्दै उनले भने, ‘सूर्य हरियो हुन्छ कहिं र ? ’