Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

आइसफल डाक्टर आधार शिविरतर्फ पठाइए : पर्यटन विभाग

Friday, March 18, 2022 National Power

काठमाडौं- हिमाल आरोहणको मुख्य समय मानिने वसन्त शुरु भएसँगै यस वर्षको आरोहणका लागि तयारी शुरु भएको छ । विश्वका अग्लो हिमाल सगरमाथा ९८८४८.८६ मीटर० लगायतका हिमाल आरोहणका लागि विश्वभरका आरोहीहरु नेपाल आउन शुरु भएसँगै पर्यटन विभागले आरोहणको व्यवस्थापनका प्रक्रियागत काम शुरु गरेको जनाएको छ । आरोहणका लागि अनुमति लिने विदेशी पर्यटक आउने क्रम जारी रहेकोसँगै आरोहणलाई थप सहजीकरण गर्न काम सुरु गरेको विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिनुभयो ।

आरोहणका लागि रुट (बाटो) निर्माण गर्न सगरमाथा प्रदूषण नियन्त्रण समितिबाट आइसफल डाक्टर आधार शिविरतर्फ पठाइ सकिएको र आधार शिविरमा अनुगमनका लागि सरकारी प्रतिनिधि (सम्पर्क अधिकृत) पठाउन छनोटको काम सम्पन्न गरि सकेको उहाँले जानकारी दिनुभयो । आङसर्की शेर्पाको नेतृत्वमा छ जना आइसफल डाक्टरको टोली त्यसतर्फ गएको नाम्चेकी सूचना अधिकारी याङ्जीडोमा शेर्पाले जानकारी दिनुभयो । आइसफलदेखि क्याम्प दुईसम्मको बाटोमा पर्ने क्रेभासको हिउँ सफा गर्ने, डोरी टाँग्ने, बाटोमा आवस्यक भ¥याङ राख्ने कामहरु आइसफल डाक्टरले गर्ने गर्दछ ।

सगरमाथा, ल्होत्से, नुप्से, पुमोरी हिमालका लागि एउटै आधार शिविर प्रयोग गर्ने भए पनि अन्य हिमाल आरोहणका लागि समेत रुट निर्माणका लागि तयारी सुरु गरेको विभागले जनाएको छ । विभागले सगरमाथा आरोहणका लागि एक पटकमा ७५ दिन अनुमति दिने गरेको छ भने अन्य हिमालका लागि भने उचाइ अनुसार ४५ दिनभन्दा माथि समय दिने गरेको छ ।

सगरमाथा आरोहीको सङ्ख्यामा गतवर्षको भन्दा यस वर्ष कमी आउने व्यवसायीहरुले जनाएका छन् । धेरै संख्यामा आरोहण आयोजना गर्ने सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा शेर्पाका अनुसार युक्रेन र रुसको युद्धका कारण पनि यो वर्ष ३० प्रतिशत बढी आरोहीले आरोहण रद्द गरेको जानकारी दिनुभयो । अधिकांश आरोही ती क्षेत्रबाट आउने भए पनि धेरै आरोहण आयोजना गर्ने कम्पनीमा रद्द गरेकाले यस वर्ष आरोहीको सङ्ख्यामा कमी आउने भएको उहाँले बताउनुभयो । कोरोना महामारीकै बीचमा पनि गत वर्ष हालसम्मकै धेरै अर्थात ३९४ जना विदेशी आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए ।

आरोहणको सङ्ख्यामा कमी आउने भए पनि गुणस्तरीय आरोहीको सङ्ख्या बढी भएकाले आधार शिविरको व्यवस्थापन, अक्सिजन, खाद्यान्न लगायतका गाइड र आरोहण औजारहरुको व्यवस्थापन सम्पन्न गरिसकेको र मौसमले साथ दिए यस वर्ष समयमै वसन्त मौसमको आरोहण सम्पन्न गर्ने लक्ष्य व्यवसायीहरुको छ ।