Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

तराई–मधेसमा आज होली मनाइँदै

Friday, March 18, 2022 National Power

ढल्केबर- आपसी सद्भाव र सामाजिक एकताको सन्देश बोकेको तथा रङ्ग र अबिरको पर्व होली तराई–मधेसमा आज ९शुक्रबार० हर्षोल्लासपूर्वक मनाइँदैछ ।
काठमाडौं उपत्यकासहित देशका हिमाली र पहाडी क्षेत्रमा बिहीबार नै होली मनाइएको थियो । हिमाली र पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेसमा होली मनाउने गरिन्छ । तर जनकपुरमा भने शनिबार मात्र होली मनाइने भएको छ । १५ दिने मिथिला माध्यमिकी परिक्रमाका श्रद्धालु जनकपुरको अन्तरगृह परिक्रमाको भोलिपल्ट होली खेल्ने चलन अनुसार जनकपुरमा शनिबार होली मनाउन लागेको हो । बिहीबार जनकपुर आइपुगेका १५ दिने मिथिला माध्यमिकी परिक्रमाका श्रद्धालुले शुक्रबार बिहान जनकपुरको अन्तरगृह परिक्रमा सम्पन्न गर्नुभएको छ ।
सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । तराईमा पनि होली पर्व एकआपसमा रङ्गअबिर लगाएर र शुभकामना साटासाट गरेर मनाइन्छ । होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो ।
फागु पर्वलाई मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भानिन्छ । ‘होलिका दहन’को दिन राति गाउँ टोलका मानिस परिकार, काठ दाउरा र अन्नबालीलाई एक ठाउँमा राखी त्यसमा आगो लगाई ‘होलिका दहन’ गर्दछन् । ‘होलिका दहन’ भइसकेपछि होलीको गीत गाउँदै आ–आफ्नो घर फर्किन्छन् ।तराई मधेशमा ‘होलिका दहन’ नभएसम्म कसैले कसैलाई रङ अबिर लगाउन नमिल्ने विश्वास गरिन्छ । होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो । प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ ।
हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।होलीका कारण खसीको मासु किलो रु. २०० बढेर प्रतिकिलो रु एक हजार २०० पुगको छ । ब्रोइलर कुखुराको मासु रु. ३८० बाट प्रतिकिलो रु. ४५० पुगेको स्थानीय मासु पसले मोहम्मद करियाले जानकारी दिनुभयो । होली पर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गरिएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिनुभयो । होली पर्वका कारण बजारमा चहलपहल बढेको पाइएको छ ।