Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

इन्जिनियर एसोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूह अगाडि, पाँच प्रदेशको परिणाम आयो

Sunday, March 13, 2022 National Power

काठमाडौं -नेपाल इन्जिनियर एसोसिएसन (नेइए) को निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको छ । ललितपुरको पुल्चोकस्थित एक भवनमा मतगणना भइरहेको छ । आइतबार बिहानैदेखि सुरु भएको मतगणना बेलुकासम्म सकिने भएको छ । एसोसिएसनको नयाँ कार्यसमितिका लागि शुक्रबार मतदान भएको थियो । नेपाल इन्जिनियर एसोसिएसनको अध्यक्ष पदका लागि पाँच जनाबीच प्रतिस्पर्धा भएको छ । लोकतान्त्रिक समूहबाट डा. हरिबहादुर दर्लामी, प्रगतिशील समूहबाट डा।सुरज लामिछाने, एकीकृत समाजवादी वाम गठबन्धनबाट डा. हरेराम पराजुली र नेपाल इन्जिनियर्स समाजबाट राजेन्द्रप्रसाद हाडा अध्यक्षका लागि चुनावी मैदानमा छन् । दिलीपकुमार झा अध्यक्षका स्वतन्त्र उम्मेदवार छन् ।

नेपाल इन्जिनियर एसोसिएसनमा कुल साढे २१ हजार मतदाता रहेकोमा करिब साढे १० हजार मात्रै मत खसेको लोकतान्त्रिक समूहबाट उपाध्यक्षका उम्मेदवार डा. नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म करिब २५ प्रतिशत मत गन्दा लोकतान्त्रिक समूह अगाडि छ । हालसम्म नतिजा आएका सबै प्रदेशतर्फको नेतृत्वमा लोकतान्त्रिक समूह विजयी भएको छ । सात प्रदेशमध्ये पाँच वटाको नतिजा आएको छ । दुईवटा प्रदेशको मतगणना जारी रहेको लोकतान्त्रिक समूहको तर्फबाट उपमहासचिवका उम्मेदवार सरोज धितालले न्युज कारखानालाई जानकारी दिए ।

‘नेपाल इन्जिनियर एसोसिएसनको प्रदेश १ को अध्यक्षमा जयनाथ यादव, गण्डकी प्रदेशको अध्यक्षमा विजेन्द्र केसी, लुम्बिनी प्रदेशको अध्यक्षमा शैलेन्द्रकुमार श्रेष्ठ, कर्णाली प्रदेशको अध्यक्षमा हरि केसी र सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पदमराज पन्त निर्वाचित भएका छन् । विजयी सबै लोकतान्त्रिक समुहका हुन्,’ उनले भने ।मतगणना जारी रहेका अन्य दुई प्रदेशमा पनि लोकतान्त्रिक समूह नै अगाडि रहेको केन्द्रीय समिति सदस्यकी उम्मेदवार विद्या बरालले जानकारी दिइन् ।