Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

तिब्बतको स्वतन्त्रता वहालीको माग गर्दै नेपालबाट राष्ट्रसंघलाई पत्र !

Thursday, March 10, 2022 National Power

नेपाल डेमोक्रेट युनियनले तिब्बतको मुक्ति आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरेको छ। ‘६३औं टिबेटन अपराइजिङ डे’ का अवसरमा बिहिवार युनियनका अध्यक्ष सिद्धार्थ गौतमले संयुक्त राष्ट्र संघलाई एक स्मरण पत्र लेख्दै तिब्बतियन आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन ।

उक्त स्मरण पत्रमा तिब्बतमाथिको अतिक्रमण तत्काल फिर्ता लिई तिब्बती जनताको स्वतन्त्रता र प्रजातन्त्रको सम्मान गर्न कम्युनिष्ट चीनलाई अपिल गरिएको छ। अन्यथा विश्व समुदायबाट बहिस्कृत हुने र आफ्नो पतनको दिनगन्ती शुरु गर्नुपर्ने दिन कम्युनिष्ट चीनले चाँडै देख्नुपर्ने चेतावनी समेत दिईएको छ।

‘कम्युनिष्ट चीनको तिब्बतमाथिको अतिक्रमण विरुद्ध, स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा तिब्बती जनताले ६३ वर्षदेखि गरिरहेको संघर्षलाई अभिवादन गर्दैै नेपाल डेमोक्रेट युनियन ६३औं टिबेटन अपराइजिङ डे का अवसरमा समस्त तिब्बती जनताप्रति शुभकामना व्यक्त गर्दछ’ स्मरण पत्रमा भनिएको छ–‘तिब्बत मुक्ति आन्दोलन चीनको पञ्जाबाट मुक्त हुन चाहने तिब्बती जनताको आन्दोलन मात्र नभएर न्याय, स्वतन्त्रता, मानवअधिकार र प्रजातन्त्रप्रेमी विश्व समुदायको आन्दोलनकै एक अङ्ग हो। नेपाल डेमोक्रेट युनियन विश्वभरका प्रजातन्त्रप्रेमी जनता र सरकारका साथै नेपाली जनताको तर्फबाट तिब्बत मुक्ति आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्दछ।’

चीनलाई धम्कीपुर्ण भाषामा चेतावनी दिदै स्मरण पत्रमा लखिएको छ–‘तिब्बती जनताको स्वतन्त्रता र प्रजातन्त्रको अदम्य चाहनाको लागि विश्वभर छरिएर पनि तिब्बत मुक्ति आन्दोलनमा एकढिक्का भएर लागेका तिब्बती जनतालाई अभिवादन गर्दै नेपाल डेमोक्रेट युनियन आफूलाई प्रजातन्त्रप्रेमी मान्ने सबै पार्टी र नेताहरुलाई तिब्बत मुक्ति आन्दोलनका पक्षमा सहयोग तथा समर्थन गर्न समेत आग्रह गर्दछ।’

युनियनले विश्वमा शान्ति, स्वतन्त्रता, मानवअधिकार र प्रजातन्त्रको संरक्षण सम्बर्धनको जिम्मेवारी बोकेको संयुक्त राष्ट्र संघले तिब्बती जनताको स्वतन्त्रता, मानवअधिकार र प्रजातन्त्रको प्रत्याभूमिको निम्ति आवश्यक कदम चालोस् भन्ने चाहाना पनि ब्यक्त गरेको छ।

यसका साथै तिब्बतलाई कम्युनिष्ट चीनको विस्तारवादी सर्वसत्तावादी कब्जाबाट मुक्ति दिलाउने वातावरण तयार गरोस् भन्ने विशेष आग्रह समेत गरिएको छ।