Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

शब्द विवादमा परेको दाहालको छाउपडी सार्वजनिक हुदै

Thursday, March 10, 2022 National Power

काठमाडौं– शब्द विवादमा परेको ‘छाउपडी’ बोलको गीत सार्वजनिक हुने भएको छ । शब्द सार्वजनिक भए लगत्तै विवादना परेको उक्त गीत अब भने सार्वजनिक गर्नका लागि तयार रहेको गायिका सोफिया थापाले बताएकी छन् । सुदुर पश्चिममा रहेर महिला अधिकारको क्षेत्रमा काम गरिरहेका केही अधिकारकर्मीले गरेको विरोधका कारण रेकर्ड नहुँदै यो गीत विवादमा परेको थियो ।

उक्त समुहले छाउगोठको नाममा रचनाकारले सुदुर पश्चिमको वदनाम गरेको आरोप लगाएका थिए ।गीतका शब्द रमेश दहालले लेखेका हुन् । लामो समय सुदुर पश्चिमका विभिन्न जिल्लामा काम गर्ने क्रममा देखेको विषययलाई लिएर उनले गीतका शब्द तयार गरेका छन् ।गीतले कुनै पनि प्रकारको विभेद र विरोधका विषयय उठान नगरेकोमा उनी स्पष्ट छन् । गीतमा संगीतसमेत गायिका थापा कै रहेको छ । यो गीत थापाको युट्युव च्यानलमार्फत फागुन २७ गते शुक्रबार सार्वजनिक हुँदैछ ।