Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

हामीले सिंहासनमा राखेको काँग्रेसले हाम्रै अपमान गर्ने ? : प्रचण्ड

Wednesday, March 9, 2022 National Power

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी गठबन्धन गर्ने विषयमा नेपाली काँग्रेसका नेताहरुको टिप्पणी प्रति आपत्ति जनाएका छन् । ललितपुरको गोदावरीमा बुधबार बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले काँग्रेसका नेताहरुले अपमान सह्य नहुने बताएका हुन् ।

केही दिन अघि विराटनगरमा आयोजित कार्यक्रममा काँग्रस संस्थापनइतरका नेताहरुले माओवादी र नेकपा एकीकृत समाजवादीलाई चमेरोको संज्ञा दिँदै हात्तीको कानमा ओत लाग्न खोजेको आरोप लगाएका थिए ।‘प्रत्यक्ष निर्वाचनमा हामीभन्दा काँग्रेस १० सिट तल हो । त्यहीँ पार्टीलाई उचालेर सिंहासनमा लगेर राखिएको छ’, प्रचण्डले भने, ‘अहिले उसैले हामीलाई अपमानित गर्ने रु यस्तो अपमान सहन सकिन्न ।’ अध्यक्ष प्रचण्डले एमसीसी जस्ताको तस्तै पारित गर्नुहुँदैन भनेर आफूले नै अडान लिएको दाबी पनि गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि एमसीसी पास गर्ने अवस्थामा पुगेपछि आफूले ‘व्याख्यात्मक घोषणा’को उपाय निकालेको पनि बताएका छन् ।

उनले एमसीसी बहसमा विगत जस्तो विवाद र बहस चलिरहेको भए माओवादी फुटिसकेको हुने भन्दै त्यसबाट आफूले बचाएको ब्रिफिङ गरेका छन् । ‘विगतमा जस्तो हुन्थ्यो भने हाम्रो पार्टी फुटिसकेको हुन्थ्यो । अहिले नारायणकाजीजी र म अलगअलग ठाउँमा बसेर एक अर्कालाई गाली गरिरहेका हुन्थ्यौँ । तर जिम्मेवार लिडरसिपको नेतृत्व हुँदा सजिलै छलफलको वातावरण बन्यो । देश पनि दुर्घटनाबाट बच्यो’, प्रचण्डको भनाइ छ । ‘मलाई प्रधानमन्त्रीले अब म केपी ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि एमसीसी पास गर्छु भनेपछि मैले व्याख्यात्मक घोषणाको उपाय निकालेको हुँ’, अध्यक्ष प्रचण्डले भने, ‘अब एमसीसी व्याख्यात्मक घोषणासहित कार्यान्वयनमा गयो ।’ अध्यक्ष प्रचण्डले अब एमसीसीमा धेरै बहस गरेर जाँदा चुनालाई असर गर्छ भनेर धेरै छलफल नगरेको समेत बताए ।

उनले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला एमसीसीको प्रक्रिया अघि बढेको भए पनि त्यसबेला आफूलाई समेत त्यसबेला जानकारी नगराएको बताए ।