Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

हिमाल बचत तथा ऋण सहकारीको १५ औँ स्थापना दिवस तथा रक्तदान कार्यक्रम 

Wednesday, March 9, 2022 National Power

  काभ्रेपलान्चोक – हिमाल बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १५ औँ स्थापना दिवस तथा रक्तदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष नारायण तिमल्सिनाको सभापतित्व तथा कृषि विउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिका अध्यक्ष विनोद पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष शुभद्रा तिमल्सिनाले गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विनोद पराजुलीले सहकारीहरुको गतिशिलता, सक्षमता र दिगो विकास गर्न संगठित भएर सञ्चालकहरु निरन्तर नीति, विधि, प्रविधि, सिद्धान्त, ऐन नियम, सहकारी मुल्यमान्यतालाई पालना गर्दै अघि बढ्नु पर्ने धारणा राख्नु भयो ।                                    सहकारी संस्थाहरुले लगानीको नाफा बाँड्ने मात्र नभई संस्थागत पूँजीको विस्तार, पूँजी फिर्ता कोषको प्रवन्ध, शिक्षा, तालिम जस्ता कार्यहरुमा नाफा रकमबाट कोषमा राखेर बाँकी रकम बोनसको रुपमा शेयर सदस्यहरुलाई रकम वितरण गर्नु पर्ने धारणा प्रमुख अतिथि पराजुलीले राख्नुभयो । सञ्चालक समिति, लेखा समिति र कर्मचारीहरुलाई पुन ताजकी तालिमको आवश्यकता पर्ने उहाँको कथन थियो । कार्यक्रममा संस्थाका सल्लाहकार रमेश प्रसाद हुमागाई, पूर्व अध्यक्ष नारायण प्रसाद तिमल्सिना, पूर्व संस्थापक शान्तादेवी शर्मा, धुलिखेल नगरपालिका कार्यपालिका सदस्य कृष्ण बहादुर भुजेल लगायतको आतिथ्यता रहेको थियो । संस्थाका सचिव हुद्धराज तिमल्सिनाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रमेश प्रसाद न्यौपानेले आव ०७८ फागुण २३ गते सम्मको वित्तीय अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।                               महिला ९७, पुरुष २ सय ७९ गरी ३ सय ७४ शेयर सदस्यबाट ६६ लाख १९ हजार ९ सय शेयर पूँजी संकलन गरेको छ । १ सय २९ बाल बचतकर्ता छन् । ३ करोड ३८ लाख ७२ हजार ७ सय १३ बचत निक्षप संकलन, ८ लाख ६५ हजार २ सय ९१ संस्थागत पूँजी रहेको छ । ४ करोड १९ लाख ८३ हजार ७ सय ३८ ऋण लगानी गरेको छ । ६ लाख ३८ हजार ४ सय ४८ वित्तीय संस्थामा लगानी रहेको छ भने छाता संगठनबाट ३८ लाख ८५ हजार बाहिय ऋण रहेको संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक प्रकाश तिमल्सिनाले बताउनुभयो । हाल सम्म संस्थाको कुल सम्पत्ती ४ करोड ९० लाख ५३ हजार ८ सय ६३ रहेको छ । उक्त कार्यक्रममा १७ जनाले रक्तदान गर्नु भएको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार काभ्रे शाखा, ब्लड डोनर्स एसोशियसन नेपाल र काभ्रे शाखाको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा उत्कृष्ट ऋणीमा देववहादुर लामा, उत्कृष्ट हिमाल सुपर बचतमा अनिल दर्शन गणेजु, उत्कृष्ट नारी बचत दैनिक बचतमा सरला तिमल्सिना, उत्कृष्ट बाल बचतमा रुहना खडका र उत्कृष्ट आवधिक बचतमा चिरकाजी श्रेष्ठ र संस्थालाई योगदान पु¥याउने नवराज आचार्यलाई सम्मान गरिएको थियो ।