Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपाल चेम्बर र महिला चेम्बरको संयुक्त आयोजनामा कार्यशाला सम्पन्न

Monday, March 7, 2022 Devil Singh Rajput

काठमाण्डौं । ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्श र नेपाल महिला चेम्बरको संयुक्त आयोजनामा कोविड १९ महामारी र साना तथा मझौला उद्यममा लागेका महिलामा परेको प्रभावको विश्लेषण (समस्या र समाधान) विषयक कार्यक्रम सम्पन्न भएको छ । मार्च ७ तारिखमा चेम्बर भवन जमलमा आयोजित उक्त कार्यक्रमको उद्घाटन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले गरेको थिईन । सो अवसरमा कार्यक्रमलाई संबोधन गर्दै मन्त्री रेग्मीले महिला उद्यमशीलता विकास आजको टडरकारो आवश्यकता रहेको बताउदै नेपाल चेम्बर अफ कमर्श र नेपाल महिला चेम्बरले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा थप प्रभावकारी कार्यक्रम मार्फत महिला उद्यमशीलता विकासमा योगदान पुर्याउदै जान सकोस् भन्ने शुभेच्क्षा व्यक्त गरिन् । मन्त्री रेग्मीले आर्थिक गतिविधिमा महिलाको पहुँच बढाएर अधिकार सुनिश्चित गर्न गराउन नीजि क्षेत्रलाई आग्रह गर्दैं आर्थिक विकासमा महिलाको सहभागिता वृद्धिकालागि उत्पादनदेखि बजारीकरणसम्म राज्यले सहुलियत दिनुपर्ने बताईन् ।

उनले उद्यमशिलता मार्फत महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाले जोड दिनुपर्ने समेत उल्लेख गरिन् । ग्रामिण महिलाहरुको जीवनस्तरमा सुधार नगरेसम्म महिला अधिकार सुनिश्चित गर्न नसकिने भन्दै मन्त्री रेग्मीले कृषि उत्पादन, माछापालान, कुखुरापालन एवं घरेलु तथासाना उद्योगमा बिना धितो ऋणको व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता जनाईन । साथ,ै मन्त्री रेग्मीले आफूले. महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको बागडोर सम्हाल्दै गर्दा पहिलो पटक १ अर्ब भन्दा बढिको बजेट विनियोजन गर्न सफल भएको अवगत गराउँदै आफनो कार्यकालमा ग्रामिण क्षेत्रसम्म महिला उद्यमशीलता प्रबर्दनका निम्ति यथासक्य प्रयास जारी राख्ने वचनबद्धता समेत व्यक्त गरिन ।

सो अवसरमा कार्यक्रमलाई संबोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले महिला उद्यमशीलता विकासका लागि ठोस कार्यक्रम पस्कनुपर्ने आवश्यकता औंल्याउँदै सोका लागि नेपाल महिला चेम्बर सहित नेपाल चेम्बर अफ कमर्श सहकार्यका लागि तत्पर रहेको उल्लेख गरे । अध्यक्ष मल्लले आत्मनिर्भर अर्थतन्त्रका लागि महिला र पुरुष एक भएर लाग्नुपर्नेमा जोड दिए । साना उद्योगहरुलाई ग्रामिण क्षेत्र सम्मै विस्तार गर्नुपर्ने उनले भनाई राखे । महिलाहरुले उत्पादन गरेका सामाग्रीहरुलाई बजारीकरण गर्न चेम्बरले सहयोग गर्ने उनले बताए । अध्यक्ष मल्लले भने, ‘महिलाले उत्पादन गरेका कृषिजन्य लगायत अन्य बस्तुहरुको उत्पादन देखि सम्म नेपाल चेम्बर अफ कर्ससले सहयोग गर्छ । सामुहिक लगानी मार्फत उत्पादन गर्न पनि म महिलाहरुलाई आग्रह गर्छु,।’साथ,ै अध्यक्ष मल्ले देशलाई कसरी उत्पादनशील बनाउदै आत्मनिर्भरता तर्फ उन्मुख गराउने भन्ने तर्फ लाग्नुपर्नेमा जोड दिदै सरकारको भनाई र गराईमा अन्तर रहेकाले कठिनाई व्यहोर्न बाध्य रहनु परेको बताए ।

त्यसैगरि, नेपाल महिला चेम्बरकी अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष उर्मिला श्रेष्ठले नेपाल चेम्बर अफ कमर्श र नेपाल महिला चेम्बरले महिला उद्यमीहरुले झेल्नु परेका समस्याहरुको समाधानका लागि यथासंभव प्रयास जारी राख्दै आएको उल्लेख गर्दै महिला उद्यमीद्धारा उत्पादित सामाग्रीमा कर छुटको व्यवस्था हुनुपर्ने धारणा राखिन् । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला अधिकार व्यवहारिक रुपमा अझैपनि सुनिश्चित हुन नसकेको बताईन ।उनीले आर्थिक, राजनीतिक, सामाजिक सबै क्षेत्रमा महिलाहरु आफ्नो अधिकारका लागि अझै पनि लडिरहनुपर्ने अवस्था कायमै रहेको बताउदै महिलाले सञ्चालन गरेका उद्योगहरुमा सहुलियत पुर्ण ऋण तथा बजारीकरण सम्म राज्यले साथ दिनुपर्नेे भनाई राखिन् । महिलाका मुद्धालाई राज्यको मुद्धा नबनाएसम्म महिला दिवस मनाउनुको अर्थ नहुने उनीको भनाई थियो । साथै, अध्यक्ष श्रेष्ठले नेपाल महिला चेम्बरले समय समयमा लेखा व्यवस्थापन, कर प्रणाली, उद्यमशीलता विकास आदी संबन्धी कार्यक्रम एवं कोविडको समयमा वेमिनार कार्यक्रम मार्फत महिला उद्यमशीलता विकास र प्रोत्साहनका निम्ति कार्य गरेको स्मरण सहित आगामी दिनहरुमा समेत महिला उद्यमीहरुको हितमा कार्य गर्दै जाने प्रण गरिन् ।

कार्यक्रम माझ अर्थविद् पोषराज पाण्डेले वक्ताका रुपमा संबोधन गर्दै महिला उद्यमशीलताको प्रबद्र्धनका निम्ति महिलाहरुलाई नेतृत्वमा ल्याउनुपर्ने खाँचो औंल्याउदै सरकारको नीतिगत त्रुटिका कारण महिला उद्यमशीलता फस्टाउन नसकेको तर्क पेश गरे ।

त्यसैगरि, कार्यक्रम माझ कार्यपत्र प्रस्तुत गर्दै  नेपाल महिला चेम्बरकी संस्थापक अध्यक्ष एवं ईजरायलका लागि निवर्तमान नेपाली राजदूत अन्जान शाक्यले कोविड १९ ले महिला उद्यमीहरुमा परेको प्रभाव र नेपाल तथा ईजरायलमा महिला उद्यमीको अवस्था, द्धिपक्षीय व्यापार एवं अवसर आदीका विषयमा प्रकाश पारेकी थिईन् । महिलाको अधिकार सुनिश्चित गर्न अन्तराष्ट्रिय महिला दिवसमा मात्रै नभई बर्षभरी विभिन्न सचेतना मुलक कार्यक्रम गर्नुपनर्मो शाक्यले जोड दिईन् ।

कार्यक्रममा विन बहुउदेश्यीय सहकारी संस्थाकी अध्यक्ष मालिका श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै महिला उद्यमी विकासका लागि महिलाहरु माझ हातेमालो आवश्यक रहेको बताईन् ।सो अवसरमा कार्यक्रम संचालकको भूमिका निर्वाह गरेकी  नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले कार्यक्रम कहिला उद्यमशीलता विकासमा कोशेढुंगा साबित बन्ने दाबी पेश गर्दै उपस्थितीका लागि सबैमा धन्यवाद व्यक्त गरिन्  । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल, उपाध्यक्षहरु, नेपाल महिला चेम्बरका पदाधिकारी एवं) सल्लाहकार आदीको उपस्थिती रहेको थियो ।