Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

उत्तम के.सी.अभिनित ‘सास रैछ सास…’ सार्वजनिक

Monday, March 7, 2022 National Power

काठमाडौं- अग्रज हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यले आईतबार राजधानीमा एक समारोहबीच गीतकार बासुदेब अधिकारीको नयाँ गीतिसँग्रह ‘घाम आउँछ छायाँ दिन्छ’को बिमोचन गरेका छन् । सोही कार्यक्रममा हरिबँशले आफु गायक बन्नमा मदनकृष्णकै हात रहेको जिकिर गरेका हुन् ।

आचार्यले समय अनुसार गीत परिवर्तन भएको बताए । नयाँ पुस्तामा एक थरीका गीतहरु राम्रा आएको र अर्का थरीका गीतकारहरुले गीतको नाममा जे पनि लेख्ने गरेको बताए । दुई दुशक अघि आफु राष्ट्रबैंकबाट निस्कासित भएपछि बासुदेब राष्ट्रबैंकमा जागिरे भएको स्मरण हरिबँशले गरे । बासुदेवका गीतहरु गम्भिर रहन शैलीका रहेको उनले बताए ।

नौ वटा गीत रहेको यो सँग्रहका सबै गीतहरु शब्द र गायनका हिसावले राम्रो रहेको अग्रज कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले बताए,‘आजकाल गीतको नाममा जे पनि गाउने क्रम बढेको छ । तर बासुदेबजीले लेख्नु भएका गीतहरु निकै राम्रा रहेछन् ।’

सँग्रहमा रहेको नौ गीतहरु मध्यको एक गीत सास रैछ सास …. को भिडियो सो कार्यक्रममा सार्वजनिक गरियो । साँस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले निर्देशन गरेको सो भिडियोमा हाँस्य कलाकार उत्तम केसीले  अभिनय गरेका छन् , भस्र्टायल रुपमा अभिनय गर्न सक्ने कलाकार केसी भिडियो उत्कृष्ट वनेकोमा दंग देखिएका छन् उनलाई भिमा मैनाली, मदन श्रेष्ठ ,रचना शिवाकोटीसहितका विभिन्न कलाकारहरुले अभिनयमा साथ दिएका छन् । मधुकर लोहनीको गीतमा सँगीत र स्वर रहेको छ ।

सँग्रहमा माटो पार्खिँदैछ…, रोल्वालिङ खोली…, सुन साथी…, बुद्ध बन…, साउने झरी…, खरी झ¥यो…, समय छ…, घाम छायाँ…बोलका गीतहरु छन् । यी गीतहरुमा मधुकर लोहनी, विकाश चौधरी, रुपक चौधरी, नारायण लामा, बलराम समालको सँगीत छ । यी गीतहरुमा मधुकर सहित राजेश पायल राई, रुपक चौधरी, आकाश थापा, दुर्गा परियार, दीपेन्द्र बिक्रम थापा र बलराम समालले स्वर दिएका छन् ।

आफुले बिगतमा विभिन्न कवितासँग्रहहरु ल्याए पनि गीति सँग्रह ‘घाम आउँछ छायाँ दिन’ यतीबेला बजारमा ल्याएको गीतकार बासुदेबले कार्यक्रममा बताए । उनको गीतहरु माथि गीतकार डा. कृष्णहरि बराल, सँगीतकार शिलाबहादुर मोक्तान, साँस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईलगायतले समीक्षा गरे ।